काठमाडौँ- संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा (वाकाथन) आयोजना गरेको छ।
कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ भन्ने नारालाई मूल मर्म बनाउँदै सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए।
वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पुर्याएको विश्वास गरिएको छ।


