२०८३ कार्तिक १३ गते बिहिबार

मेक्सिकोमा देशभर जेनजी प्रदर्शन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३०
mexico

काठमाडौँ: मेक्सिकोमा देशभर जेनजी प्रदर्शन सुरु भएको छ। नोभेम्बर पहिलो साता सुरुमा डे अफ द डेड कार्यक्रममा गोली लागेर मारिएका अपराध विरोधी छवि बनाएका मिशोआकानका मेयर कार्लोस मन्जोको हत्या भएपछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले बढ्दो अपराध, भ्रष्टाचार र दमनविरुद्ध विरोध जनाएका छन्। शनिबार मेक्सिको सिटीमा, सानो समूहका हुड लगाएका प्रदर्शनकर्ताले राष्ट्रपति क्लाउडिया शिनबाउमको निवास र कार्यस्थल रहेको नेशनल प्यालेस वरिपरिका बारहरू फोडेका थिए, जसले दंगा प्रहरीसँग झडप गराएको थियो। मिडिया रिपोर्ट अनुसार, प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भास्क्वेजले पत्रकार सम्मेलनमा भने कि १०० प्रहरी घाइते भएका छन्, जसमा ४० जनालाई अस्पताल भर्ना गरिएको छ। यस्तै २० नागरिक पनि घाइते भएका छन्।  २० जना पक्राउ परेका छन् र अन्य २० जनालाई प्रशासनिक उल्लंघनका लागि पेस गरिएको छ। एल यूनिभर्सल समाचार संस्थाका अनुसार, सुरक्षा फौजले नेशनल प्यालेसको क्षेत्र प्रवेश गर्दा प्रदर्शनकर्तामाथि आँसु ग्यास प्रहार र ढुंगा प्रहार गरेको थियो।

‘ढाल र ढुंगाका साथ, सुरक्षा फौजले जोकलो क्षेत्रमा प्रदर्शन गर्दै गरेका युवा माथि शारीरिक हिंसा गरेको छ, जसका घाइतेलाई त्यहाँ उपस्थित चिकित्सक र आपतकालीन उद्धार तथा चिकित्सा दल (एमरजेन्सी रेस्क्यू एण्ड मेडिकल इमरजेन्सी स्क्वाड्रन) का कर्मचारीहरूले उपचार दिएका छन्,’ एल यूनिभर्सले जनाएको छ।

थोरै समयसम्म जोकलो प्लाजामा प्रदर्शनकारीलाई खेदाउँदै र पिटेर प्रहरीहरूले अन्ततः उनीहरूलाई त्यहाँबाट हटाएको र बाँकी प्रदर्शनकारीलाई विखण्डन गरेको थियो।

राष्ट्रपति शिनबाउमले पनि दक्षिणपन्थी दलहरूले जेनजी आन्दोलनमा हस्तक्षेप गर्न खोजेको र सामाजिक सञ्जालमा बोटहरू प्रयोग गरी प्रदर्शनमा सहभागिता बढाउने प्रयास गरेको आरोप लगाएकी छिन्। यसअघि नेपालसहित एसिया र अफ्रिकाका केही देशहरूमा जेनजी प्रदर्शन भएको थियो। सबैभन्दा ठूलो जेनजी प्रदर्शन सेप्टेम्बर ८ र ९ मा नेपालमा भएको थियो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजी युवाहरूले गरेको प्रदर्शनीपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यस्तै, मेडागास्करमा पनि त्यस्तै ठूलो विरोध प्रदर्शन भएको थियो, जसले सरकारका असफलता र भ्रष्टाचारलाई उजागर गरेको थियो। यसले अन्ततः सरकारको विघटन गर्‍यो र राष्ट्रपति एन्ड्री राजोएलिनालाई देश छोड्न बाध्य पार्यो।

अलजजिराकी मेक्सिको सिटी संवाददाता मोनिका क्रूजले मेक्सिकोमा भैरहेको जेनजी प्रदर्शनीमा विपक्षी दलको भूमिका रहेको बताएकी छन्। ‘हामी विश्वास गर्न कठिनाई महसुस गर्दैछौं कि यो एक जैविक विरोध हो, विशेषगरी युवामाझ। जेनजी एउटा मोनोलिथ (एकसमान समूह) होइन। तर सडकमा धेरै युवा देखिएका छैनन्, र यो संकेत हुन सक्छ कि यो युवाहरूबाट सुरु भएको होइन। हामीले यहाँ प्यालेस्टिनामा भएको नरसंहारविरुद्ध प्रदर्शनमा हजारौं युवा सडकमा हिँडेको देखेका छौँ,’ उनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।

मेक्सिको सिटीको मार्चमा सहभागी प्रदर्शनकारीले भ्रष्टाचार र हिंसात्मक अपराधमा दमन जस्ता प्रणालीगत समस्याप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्।

शिनबाउम, जसले अक्टोबर २०२४ देखि सत्ता सम्हालेकी छन्, पहिलो वर्षमा ७० प्रतिशत भन्दा बढी अनुमोदन दर कायम राखेकी छिन्, तर मन्जोसहित केही उच्च-प्रोफाइल हत्याकाण्डका कारण उनको सुरक्षा नीतिको आलोचना भइरहेको छ। मिशोआकानको उरुआपनका मेयर मन्जोले आफ्नो शहरमा लागू हुने लागूपदार्थ र अपराधी गिरोहविरुद्ध अभियान चलाइरहेका थिए। उनी १ नोभेम्बरमा हत्या गरिएका थिए।

उनका समर्थकहरूले शनिबार मिशोआकानका सहरहरूमा पनि सडकमा प्रदर्शन गरेका थिए। केही समर्थक मेक्सिको सिटीमा पनि मार्चमा सहभागी हुन आएका थिए।

प्रकाशित: २०८२ कार्तिक ३० गते आईतबार ०१:५८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना