काठमाडौँ- कोरियाली मोबाइल उत्पादक कम्पनीले सामसङले ग्यालेक्सी एफ-५४ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा भएको यो मोबाइल ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले छ।
१२० हर्ज रिफ्रेस रेट रहेको फोन ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ। यसको १०८ एमपी मुख्य क्यामेराका साथै ८ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स क्यामेरा छ। ट्रिपल–लेन्स सेटअप भएकाले यसबाट खिचिएका तस्बिरको गुणस्तर उच्चस्तरीय रहेको कम्पनीको भनाइ छ।
सेल्फी क्यामेराका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ। ‘अक्टा–कोर एक्जिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ टिकाउ छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले प्रयोगकर्तालाई पावर सकिने चिन्ता रहन्न।’
२५ वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटमै पूरा चार्ज हुने कम्पनीको दाबी छ। ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टेड सुरक्षा अपडेट यसमा छ। फोन सिल्भर र ब्लू रंगमा उपलब्ध छ। ८ र २५६ जीबी भेरियन्टको मूल्य ५२ हजार ४९९ रुपैयाँ तोकिएको छ।


