काठमाडौं–ज्योति विकास बैंकले डेबिट कार्डबिनै एटिएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरु गरेको छ। सेवाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटिएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्।
डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहज सुविधा दिने उद्देश्यले आधुनिक बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ। बैंकको यो सुविधा प्रयोग गर्न ज्योति स्मार्ट प्रयोगकर्ताले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस वीथड्रल आइकनमा ट्याप गरी मागिएको विवरण दिनुपर्नेछ।
हाल बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।


