काठमाडौंं– ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ।
फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपछि ग्राहक केन्द्रित सेवामा नवीन सोचका साथ उत्कृष्ट प्राविधिक रुपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकामा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। नवीनतम ग्राहक केन्द्रित आविष्कारको सर्जक बैंकलाई प्राविधिक रुपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सिर्जनशीलताजस्ता बुँदालाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको बैंकले जनाएको छ।
बैंकले हाल ३५७ शाखा, ३५७ एटिएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।


