काठमाडौँ: ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ। उक्त दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रमा उज्यालो नेपालले मुख्यमन्त्री निर्वाचन प्रत्यक्षदेखि स्थानीय तहको निर्वाचन गैरदलिय हुनुपर्ने धारणा राखेको छ। यस्तै प्रधानमन्त्री निर्वाचित भएपछि कुनै परिस्थितिमा पनि संसदको आधा कार्यकालसम्म सरकार चल्ने सुनिश्चितता गर्ने प्रस्ताव पनि गरिएको छ।
एउटै क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवारी निषेध तथा समानुपातिक तथा मनोनित सांसद एक कार्यकालसम्म मात्र रहने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।
घोषणासभामा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्। उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेण्डामा असफल हुन सक्ने बताए।







