२०८३ कार्तिक १६ गते आईतबार

‘आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २४
kulman

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न मातहतका निकायलाई आग्रह गरेका छन्।

शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा मन्त्री घिसिङले सरकारी तथा सार्वजनिक संरचनाको पुनर्स्थापना र पुनर्निर्माणका लागि तीन–चार वर्ष लगाउन नहुने भन्दै छिटोभन्दा छिटो अगाडि बढाउन निर्देशन दिएका छन्।

आन्दोलनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागको क्षेत्रभित्र रहेका १२५ संरचनामा सामान्य क्षति (हरियो स्टिकर), १०० मा आंशिक क्षति (पहेंलो स्टिकर) र ४४ मा पूर्ण क्षति (रातो स्टिकर) पुगेको थियो।

त्यसैगरी संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्यक्षेत्रमा पर्ने राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद भवनसहित ५१ संरचनामा क्षति पुगेको थियो। तीमध्ये १५ हरियो, २९ पहेंलो र ७ रातो स्टिकर लगाइएका छन्।

विभागअन्तर्गत रहेका हरियो स्टिकरवाला भवनमध्ये ८ को मर्मत सम्पन्न भइसकेको छ भने ३८ अन्तिम चरणमा पुगेका छन्। पहेंलो र रातो स्टिकरवाला भवनको परामर्शदाता नियुक्त भइसकेको र क्षतिको विस्तृत मूल्यांकन भइरहेको विभागले जनाएको छ। एक महिनाभित्र मूल्यांकन पूरा गर्ने लक्ष्य राखिएको छ।

मन्त्री घिसिङले वर्षौँदेखि रुग्ण बनेका आयोजना ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिँदै भने, “ठेक्का किन नतोड्ने ? भन्दै सूचना निकाल्दा निर्माण व्यवसायी सम्पर्कमा आएपछि मात्रै बसिरहनु हुँदैन। काम गर्ने सुनिश्चितता चाहिन्छ। हाम्रोतर्फबाट निर्णय नगरी र व्यवसायीले काम गरेन भनेर बस्ने छुट कसैलाई छैन। वर्षौँ काम नगर्ने तर अहिले आएर काम गर्ने कसरी हुन्छ ? त्यसैले यस्ता ठेक्का तुरुन्त तोड्नुपर्छ।”

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत ४२ ठेक्का रुग्ण छन्। त्यसमा ‘किन नतोड्ने ?’ भन्दै ३७ ठेक्काको सूचना निकालिएकोमा ३ वटा मात्र तोडिएको छ। सूचना भएपछि ३६ ठेक्का सम्पर्कमा आएर काम सुरु गर्ने अवस्था देखिएको छ भने १ ठेक्का अहिले पनि सम्पर्कमा आएको छैन।

स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत १६ ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ ठेक्का ‘किन नतोड्ने ?’ भन्दै सूचना निकालिएकोमा १ मात्र तोडिएको विभागले जनाएको छ।

शहरी विकास मन्त्रालयलाई चालू आर्थिक वर्षमा ९१ अर्ब ३४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये २,१४० कार्यक्रमका लागि विनियोजन गरिएको ६१ अर्ब ७६ करोड ३१ लाख रुपैयाँ रोक्का छ। चार महिनासम्म मन्त्रालयको खर्च ४ प्रतिशत मात्र रहेको छ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्कामा रहेकाहरू काममा फर्किएको बताउँदै निर्माणस्थलमा काम भइरहेको छ कि छैन भन्ने नियमित अनुगमन गर्न आग्रह गरेका छन्।

बैठकमा शहरी विकास मातहतका २ विभाग र ५ निकायका चालू आवका चार महिनाको बजेट कार्यान्वयन अवस्था, समस्या र चुनौतीबारे समीक्षा गरिएको थियो। पहिचान भएका समस्या समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्तुत गर्ने निर्णय गरिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २४ गते बुधबार ०४:४३
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना