२०८३ कार्तिक १६ गते आईतबार

हेटौंडामा सरकारले घर भत्काएकोमा गलोपाको निन्दा, अघि सार्‍यो तीन माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
hetauda

काठमाडौँ: हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारको क्रममा निजी तथा व्यावसायिक संरचना भत्काइएका घटनाप्रति गतिशील लोकतान्त्रिक पार्टी(गलोपा)ले निन्दा गरेको छ। नेपाल सरकारले राजमार्ग क्षेत्राधिकारभित्र पर्ने भन्दै संरचना हटाउन थालेको अवस्थामा प्रभावितहरूले अदालतबाट आएको अन्तरिम आदेशको उपेक्षा गर्दै बलपूर्वक भत्काउने कार्य गरिएको आरोप गलोपाको छ।

हेटौंडा बजार सडक विस्तारमा मानवीय–कानुनी पक्षलाई नजरअन्दाज गरिएको ठहर गलोपाको छ। सरकारले हेटौंडा बजार क्षेत्रभित्र सडकको क्षेत्राधिकारभित्र पर्ने भनिएको नागरिकहरूले भोगचलन गरिरहेका व्यक्तिगत/व्यावसायिक संरचना भत्काउने कार्य अदालतको उक्त सन्दर्भमा अन्तरिम आदेश आइसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गरी व्यक्तिगत सम्पत्ति भत्काउने र व्यवसायहरूलाई विस्थापित गर्ने कार्य भएको गलोपाले विज्ञप्ति जारी गर्दै बताएको छ।

‘सडक डिभिजन कार्यालय हेटौंडाले ४.५ किमि सडक विस्तारको क्रममा भत्काइएका ५३१ संरचनाहरू राजमार्गको केदेखि २५-२५ गजभित्र पर्ने भएकाले रोड रिजर्भ अतिक्रमण भएको दाबी गरेको छ। तर धेरै प्रभावितहरूले भने आफूहरु वैध मालिक भएको दाबी गर्दै आएका छन्। सरकारले भत्काइएका संरचनालाई सरकारी जम्मा अतिक्रमणको आधारमा अवैध ठहत्याए पनि, कति संरचना वैध र कति अवैध हुन् भन्ने कुरा निरन्तर विवादमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबारे उठ्ने प्रश्नहरू बारम्बार अदालतसम्म पुगे पनि स्पष्ट न्यायिक टुंगो आएको देखिँदैन।’

नेपाल अहिले आधुनिक विकासको महत्वपूर्ण चरणमा छ। झन्डै ७० प्रतिशत नागरिक शहरी (झन्डै ३०%) तथा शहर- उन्मुख (झन्डै ४०%) क्षेत्रमा बसोबास गर्छन्। यसले व्यवस्थित शहर र विशेषतः सडक र यातायात जस्ता आधारभूत पूर्वाधार अपरिहार्य हुने भए पनि विकास प्रक्रियाले नागरिकको हित, कानुनी आधार र राष्ट्रिय शहरी नीतिले तोकेका मानकहरूको समानुपातिक सम्मान गर्न अनिवार्य रहेको गलोपाले बताएको छ।

सरकारले पूर्वाधार निर्माणमा देखाएको गतिको समर्थन गरे पनि विकासको नाममा कुनै नागरिकलाई घरबारविहीन वा रोजगारविहीन बनाउन नमिल्ने गलोपाको भनाइ छ। जसकारण उक्त विवाद समाधानका लागि सरकारले पहल गर्नुपर्ने गलोपाले बताएको छ। त्यसका लागि गलोपाले तीन माग राखेको छ।

बजार क्षेत्रमा वैध रूपमा बसोबास / व्यवसाय गरिरहेका नागरिकहरूको अवस्थाबारे तत्काल छानबिन गर्न एक समिति गठन गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी प्रभावितहरूको वैकल्पिक पुनर्वास तथा रोजगारको योजना अघि बढाउनुपर्ने र शहरी नीतिको प्रभावकारी कार्यान्वयनका लागि सर्वपक्षीय संवाद सुरू गर्नुपर्ने माग गलोपाको छ।

प्रकाशित: २०८२ मङ्सिर २५ गते बिहिबार ११:२८
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना