२०८३ कार्तिक १६ गते आईतबार

एमाले निर्वाचन: ११३९ मत गणना, निरन्तर अग्रता बढाउँदै ओली, कुन पदमा को अगाडि?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३
UML mahadhibesan election_NPL (2)

काठमाडौँ: नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म एक हजार १३९ मत गणना हुँदा अधिकांश पदमा अग्रस्थानमा रहेकाहरूको तस्वीर स्पष्ट हुँदै गएको छ।

अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ अगाडि
उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ ९०० मतसहित अग्रस्थानमा छन्। उनलाई विष्णुप्रसाद पौडेल (८४६) र रामबहादुर थापा ‘बादल’ (७७४) ले पछ्याइरहेका छन्।

अन्य उम्मेदवारमध्ये गोकर्णराज विष्टले ७१३, रघुजी पन्तले ६१७, गुरुप्रसाद बरालले ५८५, विन्दा पाण्डेले ४७४, पर्शुराम मेघी गुरुङले ३३४, अरुण नेपालले २२३, टंकप्रसाद कार्कीले १८६ र भीमप्रसाद आचार्यले १४३ मत प्राप्त गरेका छन्।

महासचिवमा शंकर पोखरेल अघि
महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदै अग्रता कायम गरेका छन् भने सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत पाएका छन्।

उपमहासचिवमा लेखराज भट्ट अग्रस्थानमा
उपमहासचिव पदतर्फ लेखराज भट्ट ७३४ मतसहित अगाडि छन्। योगेश भट्टराईले ७०९, रघुवीर महासेठले ६८९, विष्णुप्रसाद रिमालले ५४०, आनन्दप्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरीले २७१ र राजेन्द्रप्रसाद गौतमले १४० मत प्राप्त गरेका छन्।

सचिव पदमा बस्नेत, अर्याल र विश्वकर्मा अगाडि
सचिव पदतर्फ महेश बस्नेत ७८३ मतसहित अग्रस्थानमा छन्। पद्माकुमारी अर्यालले ७७८, छविलाल विश्वकर्माले ७६९, शेरधन राईले ७६७, खगराज अधिकारीले ६८०, हिक्मतकुमार कार्कीले ६७२ र यमलाल कँडेलले ६२६ मत पाएका छन्।

त्यसपछि राजन भट्टराई (५८१), भानुभक्त ढकाल (५५२), गोकुलप्रसाद बास्कोटा (५२८), ठाकुरप्रसाद गैरे (४६२), रचना खड्का (४५९), कर्णबहादुर थापा (४४४), लालबाबु पण्डित (३९९), अग्निप्रसाद खरेल (३७७), विनोदप्रसाद ढकाल (३५५), कृष्णगोपाल श्रेष्ठ (३२५), पेम्बा लामा (२५५), पुर्सोत्तम पौडेल (२३०) र इन्द्रलाल सापकोटा (२०९) रहेका छन्।

प्रकाशित: २०८२ पुस ३ गते बिहिबार १२:३४
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना