२०८३ कार्तिक १२ गते बुधबार

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता, ८० प्रतिशत अमेरिकी र २० प्रतिशत मात्र बाइटडान्सको

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
tiktok

वासिङ्टन,एएफपी।अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौताले टिकटकलाई अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ।

एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शौ च्यूले कर्मचारीहरूलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताए।

ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिन्छन्।

मेमोमा च्यूले स्पष्ट पार्दै भनेका छन्, “अमेरिकी संयुक्त उद्यम अमेरिकी प्रयोगकर्ताहरूको डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री मोडरेशन र सफ्टवेयर आश्वासनका लागि जिम्मेवार हुनेछ।” उनका अनुसार यस नयाँ संरचनाले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री, सफ्टवेयर र डाटा सुरक्षित रहेको सुनिश्चित गर्ने विशेष अधिकार पाउनेछ।

सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताहरूको कन्सोर्टियमसँग रहनेछ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ। बाइटडान्ससँग प्रत्यक्ष रूपमा २० प्रतिशत स्वामित्व मात्र रहनेछ, जुन अमेरिकी कानूनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो। बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षहरूको हातमा रहनेछ।

मेमोमा उल्लेख गरिएअनुसार, टिकटक ग्लोबलका अमेरिकी एकाइहरूले विश्वव्यापी उत्पादन अन्तरक्रियाशीलता, ई–वाणिज्य, विज्ञापन तथा मार्केटिङजस्ता केही व्यावसायिक गतिविधिहरू पनि व्यवस्थापन गर्नेछन्। यद्यपि, सम्झौतालाई पूर्ण रूपमा अन्तिम रूप दिन जनवरी २२ अघि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने च्यूले जानकारी गराएका छन्।

यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित गरिएको त्यस कानूनको प्रत्यक्ष परिणाम हो, जसले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो। अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा संकलन गर्न वा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्।

राष्ट्रपति ट्रम्पले यस विषयमा पटक–पटक कार्यकारी आदेशमार्फत समयसीमा सार्दै आएका थिए। सेप्टेम्बरमा ह्वाइट हाउसले चीनसँग संयुक्त उद्यममा सहमति भइसकेको र कानूनी आवश्यकताहरू पूरा हुने घोषणा गरेको थियो, जुन अहिलेको सम्झौताबाट धेरै हदसम्म पुष्टि भएको छ।

बाइटडान्सले सम्झौतामा तत्काल प्रतिक्रिया नदिए पनि विश्लेषकहरूका अनुसार यो सम्झौताले कम्पनीलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजार गुम्नबाट जोगाएको छ। चिनियाँ प्रविधि परामर्शदाता ली चेङडोङले भने, “अमेरिकी सञ्चालन कायम रहनु नै बाइटडान्सका लागि ठूलो उपलब्धि हो।”

विज्ञहरूका अनुसार यस समाधानले बाइटडान्सलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) जस्ता नयाँ परियोजनामा ध्यान केन्द्रित गर्न र सम्भावित आइपीओतर्फ अघि बढ्न सहयोग पुर्याउन सक्छ। तर, विश्लेषक झाङ यीले अमेरिकी नियामकहरूले भविष्यमा पनि टिकटकमाथि दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित: २०८२ पुस ४ गते शुक्रबार ०२:४३
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना