काठमाडौँ: गायक तथा मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका उपविजेता शिशिर ठटालको ‘धून’ बोलको गीत सार्वजनिक भएको छ। मेरो भ्वाइस युनिभर्सको मञ्चबाट धेरै दर्शकको मन जितेका सिक्किमका ठटालले यसअघि ‘मन रागिनी’, ‘मायाको रंग’ जस्ता गीत ल्याएकोमा ती गीतहरू दर्शकले मन पराएका थिए।
यसपटक उनले धून बोलको गीत बजारमा ल्याएका हुन्, जसमा उनीसँगै गायिका रेनुका सुब्बाको स्वर रहेको छ। गीतको शब्द ठटाल आफैँले लेखेका हुन् भने कम्पोज पनि उनकै रहेको छ।
म्युजिक प्रोडिउस फसिल स्टुडियो काठमाडौँबाट गरिएको छ। अडियो मिक्सिङ र मास्टरिङ सँगै एडिस्नल अडियो डिजाइनको काम निविर एक्सको रहेको छ। भिडियोको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ भने दीपेश तामाङ, सञ्जीवनी राईलाई कास्ट गरिएको छ। जसमा दुवैको गज्जबको केमेस्ट्री देख्न सकिन्छ।
फिल्मिङ्गो स्टुडियो बाट रिलिज गरिएको गीतको भिडियो निर्देशन मोसिन क्षेत्रीले गरेका हुन् भने निर्माता अमोन राई रहेका छन्।
Dhoon (Official Music Video) Sishir Thatal Ft.Renuka Subba | Depash Tamang & Sanjeevni Rai.


