काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा तीन हजार ४०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै महँगो हो।
यस्तै यसदिन चाँदीको मूल्य पनि सर्वाधिक महँगो भएको छ। सोमबार चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला चार हजार २३५ रुपैयाँ पुगेको छ।


