काठमाडौँ: नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूको पुस ५ गते शनिबार राति ११:५१ बजेसम्मको आधिकारिक बक्सअफिस विवरण सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डको प्रणालीमार्फत प्राप्त तथ्यांकअनुसार चलचित्र ‘परान’ सबैभन्दा धेरै कमाइ गर्दै शीर्षस्थानमा छ।
उपलब्ध विवरणअनुसार ‘परान’ ले ६ लाख २५ हजार टिकट बिक्री गर्दै १७ करोड ६१ लाख ५ हजार २८८ रुपैयाँ ८८ पैसा संकलन गरेको छ।
प्रदर्शनरत अन्य पाँच फिल्को अवस्था दयनीय छ। हर्षले ८ हजार ८६६ टिकट बिक्री गर्दै २८ लाख ७८ हजार रुपैयाँ संकलन छ भने तेस्रो स्थानमा रहेको ६ हजार ८५० टिकट बिक्री गरी २१ लाख ४८ हजार रुपैयाँ संकलन गरेको छ।
चौथो स्थानमा रहेको पीआरको संकलन ६ लाख ६८ हजार रुपैयाँ रहेकोमा लोकन्ती र चिराग लाख क्लबमा समेत प्रवेश गर्न सकेका छैनन्।


