२०८३ कार्तिक १२ गते बुधबार

सुरुङ खनेर बैंकबाट ५ अर्ब ७३ करोड रुपैयाँ चोरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १६
german

एजेन्सी: जर्मनीको पश्चिमी शहर गेल्सेनकिर्शेनस्थित एक बैंकबाट करिब ३ करोड युरो (नेपाली ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ) बराबरको धनमाल चोरी भएको छ। मंगलबार त्यहाँस्थित प्रहरीले अत्यन्तै व्यवस्थित र पेशागत ढंगले चोरी भएको जनाएको छ।

यस किसिमको चोरीमा लामो समयको योजना, बैंकको आन्तरिक संरचनाबारे जानकारी र उच्च स्तरको आपराधिक साहस आवश्यक परेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार चोर समूहले बैंकसँगै रहेको पार्किङ ग्यारेजमार्फत प्रवेश गरेका थिए। उनीहरूले पार्किङबाटै भल्ट कक्षसम्म सुरुङ खनेर चोरीपछि सोही बाटो हुँदै फरार भएका थिए।

सुरुङभित्र रहेका ३ हजारभन्दा बढी सेफ–डिपोजिट बक्स तोडिएको प्रहरीले जनाएको छ। ती बक्समा नगद, गरगहना र सुन राखिएको थियो। एक बक्सको औसत बीमा मूल्य करिब १० हजार युरो मान्दा प्रारम्भिक अनुमानअनुसार कुल क्षति करिब ३ करोड युरो पुगेको छ।

यो चोरीको घटना सोमबार मात्रै बाहिर आएको हो। आगलागी अलार्म बजेपछि आपतकालीन सेवाले खबर पाएसँगै घटना सार्वजनिक भएको थियो। प्रत्यक्षदर्शीहरूले आइतबार राति पार्किङ ग्यारेजको सिँढीबाट ठूला झोला बोकेका केही व्यक्ति देखेको बताएका छन्।

प्रहरीले प्रारम्भिक सीसीटीभी फुटेजसमेत जाँच गरिसकेको छ। फुटेजमा सोमबार बिहान सबेरै कालो रंगको अडी आरएस ६6 ग्यारेजबाट बाहिर निस्कँदै गरेको देखिन्छ, जसमा सवार व्यक्तिले मुख छोपेका थिए। सो गाडीको नम्बर प्लेट यसअघि जर्मनीकै उत्तरी शहर हानोभरबाट चोरी गरिएको प्रहरीले जनाएको छ।

सोमबार र मंगलबार बैंक शाखाबाहिर धेरै ग्राहकहरू जानकारी लिन भेला भएका थिए। नजिकैको शहर कोलोनबाट प्रकाशित हुने कोल्नर श्टाट–आनसाइगर पत्रिकाका अनुसार पीडितमध्ये धेरैजसो तुर्की मूलका ग्राहक थिए, जसले आफ्नो सेफ–डिपोजिट बक्समा सुन वा सुनका गरगहना राखेका थिए। केही पीडितले आफ्नो क्षति बीमा गरिएको रकमभन्दा धेरै गुणा बढी भएको बताएका छन्।

प्रहरीले पीडित ग्राहकहरूलाई अलग–अलग उजुरी दर्ता नगर्न आग्रह गर्दै बैंकसँगै सम्पर्क गर्न भनेको छ। स्पार्कासे बैंक ले पीडितहरूको व्यक्तिगत विवरण र क्षतिको विवरण संकलन गरी दैनिक रूपमा अनुसन्धानकर्तालाई पठाइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८२ पुस १६ गते बुधबार ०२:०१
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना