काठमाडौं– नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ।
च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ द्वारा उत्कृष्ट एवं भरपर्दो मोबाइल बैंकिङ सेवा–सुविधाका आधारमा ‘वाइओएनओ नेपाल एसबिआई’का लागि अवार्ड प्रदान गरिएको हो।
हाल बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा, ७ वटा प्रादेशिक कार्यालय, १२८ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।


