२०८३ कार्तिक १२ गते बुधबार

अस्ट्रेलियापछि फ्रान्समा पनि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १७
images

पेरिस,एएफपी। फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास गर्ने प्रयासस्वरूप १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास गर्ने एएफपीले जनाएको छ।

यस पहललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँले समर्थन गरेका छन्। उनले डिसेम्बर महिनाको सुरुमा संसद्ले नयाँ बर्षदेखि यस्तो प्रस्तावमा बहस सुरु गर्ने बताएका थिए।

अस्ट्रेलियाले यसै महिना १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। “धेरै अध्ययन र रिपोर्टले किशोरकिशोरीले डिजिटल स्क्रिनको अत्यधिक प्रयोगका कारण हुने विभिन्न जोखिमलाई पुष्टि गरेका छन्,” फ्रान्सेली मस्यौदामा भनिएको छ।

अनियन्त्रित अनलाइन पहुँचको साथ बालबालिका ‘अनुपयुक्त सामग्री’ को सम्पर्कमा आएका र साइबर उत्पीडनबाट पीडित हुन सक्ने वा उनीहरूको निद्राको ढाँचामा परिवर्तनको अनुभव गर्न सक्ने देखिएकाले यो निर्णै लिइएको छ, सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मस्यौदामा दुई धारा छन्। पहिलोले ‘१५ वर्ष मुनिका नाबालिगहरूलाई अनलाइन सामाजिक मिडिया सेवाको अनलाइन प्लेटफर्मद्वारा प्रावधान’ लाई अवैध बनाउनेछ भने दोस्रोले माध्यमिक विद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउन आह्वान गर्दछ।

म्याक्रोँले भने, “नाबालिगहरूको डिजिटल सुरक्षा उनको सरकारको प्राथमिकता हो, तर कार्यान्वयन र अन्तर्राष्ट्रिय कानूनको पालना बहसका मुद्दाहरू हुन्।”

फ्रान्समा पूवै प्राथमिक र निम्नमाध्यमिक विद्यालयमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध सन् २०१८ मा लागू भएको थियो। तर, विरलै अभ्यासमा आएको पाइन्छ।

यसैबीच, फ्रान्सले यस बिषयमा युरोपेली संघ (इयू) को नियमहरूको उलंघन गरेको छ र सन् २०२३ मा पारित भएको १५ वर्षलाई ‘डिजिटल कानुनी उमेर’ को आह्वान गरेको थियो। पछिल्लो निर्णयले यसलाई पूभावित गर्नेछ।

फ्रान्सको माथिल्लो सदन, सिनेटले यस महिना किशोर–किशोरीहरूलाई अत्यधिक स्क्रिन समय र सामाजिक मिडिया पहुँचबाट जोगाउनका लागि १३ देखि १६ वर्षका बच्चाहरूलाई सामाजिक मिडिया साइटहरूमा दर्ता गर्न अभिभावकको अनुमतिको आवश्यक गरेको छ।

सिनेटको प्रस्ताव राष्ट्रिय सभामा पेश गरिएको छ जसले कानून बन्नु अघि प्रस्तावलाई अनुमोदन गर्न आवश्यक छ।

प्रकाशित: २०८२ पुस १७ गते बिहिबार ०८:१३
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना