काठमाडौँ: अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको अस्थिर र बारम्बार फेरिने नीतिका कारण युवा पलायन रोक्न नसकिएको ताएका छन्। बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा उनले वालाई रोक्ने नाममा अपनाइएका नियन्त्रणमुखी अभ्यास प्रभावहीन भएको बताए।
पछिल्ला दुई दशकमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भए पनि त्यसले कुनै ठोस परिणाम दिन नसकेको उनको भनाइ थियो।
युवा पलायन रोक्न नियन्त्रणभन्दा अवसर सिर्जना महत्वपूर्ण हुनेमा जोड दिए। विशेषगरी स्टार्टअप, उद्यमशीलता र रोजगारीका क्षेत्रमा राज्यको ठोस सहयोगबिना युवालाई स्वदेशमै रोक्न असम्भव रहेको उनको भनाइ थियो।
विमानस्थलमा ढोका थुनेर कोही नअडिने बताउँदै उनले भने, ‘हामीले युवाहरूलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनै पनि युवालाई रोकेर मात्र हुँदैन। यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो/छ ।’
सरकारले बारम्बार नीति फेरिरहेको उनको भनाइ थियो। जसकारण २० वर्षमा पलायन रोक्न धेरै प्रयास भए पनि लागत मात्रै बढेको तर युवाहरूलाई रोक्न नसकिएको उनले बताए। ‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौँ र लागत बढाएको बढायै गरेछौँ। कहिले अध्यागमनले, कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एक दुई महिना अडियो होला, कोही पनि नेपालमा अडिएनछ।’


