काठमाडौँ: सार्वजनिक सेवा लिँन कागजातमा अनिवार्य टाँस्नुपर्ने हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था सरकारले हटाएको छ। अर्थ मन्त्रालयले सूचना जारी गर्दै प्रचलित कानुनमा व्यवस्था भएका बाहेकका अवस्थामा सेवा प्रवाहको प्रक्रियामा हुलाक टिकट प्रयोग गर्न आवश्यक नपर्ने बताएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट मिति २०८२ मंसिर २९ गतेको निर्णयअनुसार कागजातको आधिकारीकताका लागि आय टिकटको रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाइएको हो।
उक्त निर्णयअनुसार अर्थ मन्त्रालयअन्तर्गतका निकाय, विभाग तथा कार्यालयहरूबाट प्रदान गरिने सार्वजनिक सेवामा अब कानुनले अनिवार्य रूपमा व्यवस्था गरेको अवस्थामा बाहेक हुलाक टिकट प्रयोग गर्नुपर्ने छैन।


