२०८३ कार्तिक १५ गते शनिवार

सेजन सदस्यहरूका लागि करिब १६ करोड रुपैयाँको स्वास्थ्य बीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २९
615930181_893123609990235_4324324208290345740_n

काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ। सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो।

सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो।

स्वास्थ्य तथा दुर्घटना बीमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरेकी हुन्। सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिइओ अञ्जु श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन्। उनले सबै नेपालीलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमाको महत्त्वबारे अझै नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसकिएको उल्लेख गरिन्।

‘बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,’ उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

स्वास्थ्य बीमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुने वित्तिकै बीमाको सुविधा पाउनेछन्। बीमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ।

यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए।

सामूहिक दुर्घटना बीमा अन्तर्गत सेजनका सदस्यले दुर्घटना एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन्। दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।

अध्यक्ष भट्टराईका अनुसार यो बीमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आवद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन्। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘हामीले आफ्ना सबै सदस्यको व्यावसायिक क्षमता अभिवृद्धि लगायतका काम गर्दै आएका छौं, जुन सधैं कायम रहन्छ। सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै यस पटक हामीले संस्थाको कोषबाट सबै सदस्यको बीमा गरेका हौं।’

उनले सदस्यको हितमा काम गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २०८२ पुस २९ गते मङ्गलबार ११:५१
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना