२०८३ कार्तिक १३ गते बिहिबार

चीनको व्यापार ऐतिहासिक उचाइमा, ३७ खर्ब ७० अर्ब डलर बराबरको वस्तु निर्यात

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १
China Trade

हङकङ,एपी। चीनको व्यापार सन् २०२५ मा १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्यांकले देखाएको छ। बुधबार सार्वजनिक गरिएको विवरणअनुसार अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशत बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ। यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो। यसअघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलरभन्दा केही बढी थियो।

डिसेम्बर महिनामा चीनको निर्यात डलरको आधारमा अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशत वृद्धि भएको छ, जुन अर्थशास्त्रीहरूको अनुमानभन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशतको वार्षिक वृद्धिदरभन्दा उच्च हो। सोही महिनामा आयात पनि उल्लेख्य रूपमा बढ्दै नोभेम्बरको १.९ प्रतिशतको तुलनामा ५.७ प्रतिशत वृद्धि भएको छ।

चीनको व्यापार अधिशेषले नोभेम्बरमै पहिलो पटक १० खर्ब डलरको सीमालाई पार गरेको थियो। गत वर्षको पहिलो ११ महिनामै व्यापार अधिशेष १० खर्ब ८० अर्ब डलर पुगेको तथ्यांकले देखाउँछ।

व्यापारिक घर्षण र भूराजनीतिक तनावका बाबजुद पनि सन् २०२६ मा निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ। बिएनपी परिबासकी प्रमुख चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङले सन् २०२६ मा पनि निर्यातले आर्थिक वृद्धिको प्रमुख चालकको भूमिका खेल्ने अपेक्षा कायमै रहेको बताए।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि चीन र संयुक्त राज्यबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गत वर्षको अधिकांश समय घट्दो रह्यो। सन् २०२५ मा अमेरिका तर्फको निर्यात करिब २० प्रतिशत घटेको देखिन्छ। यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा उक्त गिरावट धेरै हदसम्म सन्तुलनमा आएको छ।

आँकडाअनुसार सन् २०२५ मा अफ्रिकातर्फ चीनको निर्यात २६ प्रतिशतले बढेको छ। दक्षिणपूर्वी एसियाली देशहरूमा १३ प्रतिशत, युरोपेली संघ (इयु) मा ८ प्रतिशत र ल्याटिन अमेरिकामा ७ प्रतिशत निर्यात वृद्धि भएको छ।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप्स, विद्युतीय उपकरणहरू तथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ। यसका साथै गत वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पुर्याउन मद्दत गरेको छ। तर सस्तो चिनियाँ वस्तुहरूको बाढीले स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही मुलुकहरूमा चेतावनी र चासो पनि बढेको छ।

चिनियाँ भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले सन् २०२६ मा चीनले ‘गम्भीर र जटिल’ बाह्य व्यापार वातावरणको सामना गरिरहेको बताए। तथापि उनले चीनको विदेशी व्यापारका आधारभूत संरचना अझै बलियो रहेको स्पष्ट पारे।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन समाधान गर्न, घरेलु माग र लगानीलाई प्रोत्साहन गर्दै निर्यातमा अत्यधिक निर्भरताबाट बाहिर निस्कन सुधारको गति तीव्र बनाउन आग्रह गरेका थिए।

चीनमा लामो समयदेखि चलिरहेको रियल स्टेट क्षेत्रको मन्दीले उपभोक्ताको विश्वास र घरेलु मागलाई अझै प्रभावित गरिरहेको छ। अत्यधिक ऋण लिँदा धेरै डेभलपरहरू डिफल्टमा गएपछि यस क्षेत्रको समस्या गहिरिएको हो।

चिनियाँ नेताहरूले उपभोक्ता र व्यवसायको खर्च वृद्धि आर्थिक नीतिको केन्द्रमा राखेका छन्। पछिल्ला महिनाहरूमा सरकारले ट्रेड–इन अनुदान कार्यक्रम ल्याएर उपभोक्तालाई नयाँ, ऊर्जा–कुशल घरेलु उपकरण र सवारी साधन खरिद गरी पुराना मोडेल प्रतिस्थापन गर्न प्रोत्साहन गरेको छ। तर, यी उपायहरूको प्रभाव अहिलेसम्म सीमित देखिएको छ।

बिएनपी परिबासकी रोङका अनुसार घरेलु मागको वृद्धि सन् २०२६ मा पनि सुस्त नै रहने सम्भावना छ। उनले विशेषगरी उपभोक्ता वस्तुहरूका लागि वित्तीय अनुदान कार्यक्रमहरू गत वर्षको तुलनामा कमजोर देखिएको उल्लेख गरे।

फ्रान्सेली लगानी बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले सन् २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्ने अनुमान गरेका छन्। यो सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो। आयात वृद्धिदर सुस्त रहने सम्भावनासँगै चीनको व्यापार अधिशेष यस वर्ष पनि १० खर्ब डलरभन्दा माथि रहने उहाँको अपेक्षा रहेको छ।
–––

प्रकाशित: २०८२ माघ १ गते बिहिबार ०८:११
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना