काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। बिहीबार राति गगन थापाको नेतृत्वमा चयन भएको कार्यसमिति १६६ सदस्यीय रहेको छ।
सभापतिमा थापा निर्वाचित हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे र सहमहामन्त्रीमा फरमुल्लाह मंसुर, उदय शमशेर राणा, प्रकाश रसाइली, बहादुर सिंह लामा, योगेन्द्रसिंह चौधरी, डिला संग्रौला, मुक्ताकुमारी यादव र कर्णबहादुर बुढा नियुक्त भएका छन्।
कोषाअध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिले नियुक्त गर्नेछ।
यस्तो छ कार्यसमिति


