काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयको माघ ४ गते बसेको निर्णयअनुसार विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको एक सूचनामार्फत् जानकारी गराएको छ।
ती कम्पनीहरूलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखिएको हो। निर्माण व्यवसायी/ आपूर्ति कर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
यी हुन् कालोसूचीमा परेका कम्पनीहरू



