२०८३ कार्तिक १५ गते शनिवार

उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
matpetika

बाँके: नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी (आइसिपी) बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्‍याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारले योजना नबनाएको भन्दै व्यवसायीले दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका हुन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले उद्योग, व्यवसाय क्षेत्र फस्टाउने वातावरण निर्माण भए मात्रै त्यसबाट समृद्धि हासिल गर्न सकिने भएकाले दीर्घकालीन रणनीतिक योजना ल्याउन उम्मेदवारलाई अनुरोध गरे।

‘बाँकेको समग्र विकासका लागि दीर्घकालीन प्रभाव पार्ने रणनीतिक योजना आवश्यक छ। विजयी भएपछि त्यसमा ठोस निर्णसहित सम्बोधन हुनुपर्छ’, महासचिव रानाभाटले भने ‘बाँकेको आर्थिक विकास र समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने उम्मेदवारलाई जिताउन जरुरी छ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेमा भौतिक विकास तथा आवश्यक पूर्वाधार निर्माण भए पनि आर्थिक रूपमा उद्योग व्यवसाय अपेक्षाकृत विकास हुन नसकेकाले समग्र विकासका लागि रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताए।

‘भुइँमान्छेको समृद्धिमा राज्यको ध्यान केन्द्रित गर्न जिल्लाबाट विजयी भएर जाने जनप्रतिनिधिले सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्छ’, श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार मात्रै विकास होइन, विकासले जनताको जीवनस्तर उकास्ने कामलाई पनि बुझाउँछ।’

उनले नौबस्ता औद्योगिक क्षेत्र निर्माण शीघ्र थाल्न, सिक्टा सिँचाइ आयोजनाको अधुरो काम पूरा गर्न, नेपालगञ्ज विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन सरकारलाई दबाब दिनसक्ने जनप्रतिनिधि बाँकेलाई आवश्यक रहेको उल्लेख गरे।

बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटन आकर्षणको केन्द्र बनाउनका लागि पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले वन्यजन्तुबाट हुने धनजनको क्षति जिल्लामा बढेको त्यसलाई सम्बोधन गर्न नीतिगत व्यवस्था बनाउन आवश्यक रहेकामा जोड दिए।

नेपालगञ्जका होटल व्यवसायी भास्कर काफ्लेले यहाँ होटल तथा पर्यटन व्यवसायको अथाह सम्भावना भए पनि अस्थिर राजनीतिका कारण व्यवसायी निरास भएकाले अब समग्र विकासको योजना भएका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उल्लेख गरे।

बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद इस्तियाक राईले आफू निर्वाचित भएमा भौतिक पूर्वाधारसँगै जनताको जीवनस्तर सुधार गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगतमा मन्त्री हुँदा आफूले गरेको कामको उदाहरण दिँदै उहाँले आर्थिक समृद्धिका लागि आर्थिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास गर्ने बताए।

प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०२:४७
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना