२०८३ कार्तिक १३ गते बिहिबार

रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
trump

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भइरहेको बताएका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास “कठिन” बनेको पनि उनले स्वीकार गरेका छन्।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,“जेलेन्स्की र पुटिन एक–अर्कालाई घृणा गर्छन्। जसले समाधान निकाल्न निकै कठिन बनाएको छ। तर हामी सम्झौताका निकै नजिक पुगिरहेका छौँ। यसलाई टुंग्याउने राम्रो सम्भावना देख्छु।”

ट्रम्पका यी अभिव्यक्ति उनले हालै पुटिनसँग फोन संवाद गरेको खुलासा गरेको एक दिनपछि आएका हुन्। उक्त संवादमा ट्रम्पले कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको भन्दै कीभ तथा अन्य शहरमाथि आक्रमण केही समयका लागि रोक्न अनुरोध गरेका थिए।

क्याबिनेट बैठकमा ट्रम्पले भने,“मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि कीभ र अन्य सहरहरूमा आक्रमण नगर्न आग्रह गरेँ, र उहाँ त्यसमा सहमत हुनुभयो। धेरैले भनेका थिए—‘फोन कल खेर जानेछ’—तर उहाँले त्यसो गर्नुभएन।”

आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे। “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो। यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने।

तर, कूटनीतिक प्रयासका बीच पनि जमिनमा हिंसा भने जारी छ। युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ। यस्तै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्।

यी घटनाक्रम आउँदो सप्ताहन्तमा हुने अपेक्षित अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको पृष्ठभूमिमा भएका हुन्। यसैबीच, रूसले युद्ध अन्त्यका लागि वार्ताका लागि जेलेन्स्कीलाई मस्को आमन्त्रण गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार उक्त जानकारी दिएका हुन्।

गत साता अबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच पहिलो त्रिपक्षीय बैठक सम्पन्न भएपछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा विचार गरिएको पेस्कोभले रूसी समाचार संस्था टासलाई बताएका छन्।

लगातार दोस्रो दिन वरिष्ठ क्रेमलिन अधिकारीहरूले जेलेन्स्की वार्ताका लागि तयार भए मस्कोमा स्वागत गरिने संकेत दिएका छन्। राष्ट्रपति सहायक युरी उशाकोभले युक्रेनी राष्ट्रपतिको सुरक्षाको पूर्ण प्रत्याभूति र आवश्यक सबै व्यवस्था गरिने बताएका छन्। (एएनआई)

प्रकाशित: २०८२ माघ १७ गते शनिवार ११:१४
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना