काठमाडौं। केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ। राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो।
राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ। सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठरराजु शाह र राजेन्द्र भट्टको रहेको छ। फिल्मको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन्।


