२०८३ कार्तिक १२ गते बुधबार

भारतको बजेट २०२६–२७ः क्रियटिभ प्रविधि उद्योगमा अर्बौँ लगानीसहित पूर्वाधार क्षेत्रमा ठूलो घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १८
budget_idnia

नयाँ दिल्ली: भारत सरकारले आर्थिक वर्ष २०२६–२७ लागि कर सुधार, पूर्वाधार विस्तार, औद्योगिक वृद्धि र क्रिएटिभ इकोनोमीलाई केन्द्रमा राख्दै बहुआयामिक आर्थिक रणनीतिसहतिको वार्षिक बजेट ल्याएको छ।  आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा लगातार नवौँपटक बजेट प्रस्तुत गर्दै शेयर बजारमा एसटीटी वृद्धि, नयाँ आयकर कानुन, हाई–स्पिड रेल क्यारिडोर र एभीजीसी सेक्टरमा ठूलो लगानी जस्ता महत्वपूर्ण घोषणा गरेकी हुन्।

बजेट भाषणमा वित्तमन्त्री सीतारमणले सरकारका नीतिगत कदमबाट ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएको र गरिबी न्यूनीकरणमा ठोस उपलब्धि भएको दाबी गरिन्। उनले भारतलाई विश्व अर्थतन्त्रसँग थप एकीकृत गर्ने लक्ष्यअनुसार सन् २०२५ यता ३५० भन्दा बढी आर्थिक सुधार लागू गरिएको जानकारी दिइन्।

बजेटमार्फत फ्युचर एन्ड अप्सन कारोबारमा लाग्ने सिक्योरिटी ट्रान्जेक्सन ट्याक्स (एसटीटी) बढाएर ०.०५ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ। यसलाई शेयर बजारमा सट्टाबाजी नियन्त्रण गर्ने कदमका रूपमा हेरिएको छ।

वित्त मन्त्रीले नयाँ आयकर कानून १ अप्रिल २०२६ देखि लागू हुने घोषणा गरिन्। आयकर प्रणालीलाई सरल बनाउन आयकर फारम सहज बनाइने घोषणा उनले गरिन्। संशोधित रिटर्न ३१ मार्चसम्म सामान्य शुल्कमा बुझाउन सकिने व्यवस्था गरिएको छ।

बजेटले क्रिएटिभ इकोनोमी लाई नयाँ आर्थिक इन्जिनका रूपमा अघि सारेको छ। एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स क्षेत्रलाई २०३० सम्म २० लाख दक्ष जनशक्ति आवश्यक पर्ने बढ्दो उद्योगको रूपमा परिभाषित गर्ने घोषणा गरिएको छ। यसका लागि १५ हजार विद्यालय र ५०० कलेजमा एभीजीसी (एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स) कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्न मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजिजलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

पूर्वाधार र उद्योगमा अर्बौं लगानी प्रस्ताव गरिएको छ। बजेटमा आर्थिक विस्तारलाई तीव्र बनाउने लक्ष्यसहित ७ नयाँ हाई–स्पिड रेल क्यारिडोर

५ वर्षमा १०० नयाँ वाटर–वे, बायोफार्मा क्षेत्रमा १० हजार करोड रुपैयाँ लगानी, कन्टेनर म्यानुफ्याक्चरिङका लागि १० हजार करोड, एसएमईका लागि १० हजार करोडको ग्रोथ फण्ड, माइक्रो इन्टरप्राइजका लागि २ हजार करोड रुपैयाँको व्यवस्था गरिएको छ।

बजेटमा ३ अखिल भारतीय आयुर्वेद संस्थान, जामनगरमा आयुर्वेद रिसर्च सेन्टर, हरेक जिल्लामा गर्ल्स होस्टेल, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र ‘भारत विस्ता’ बहुभाषिक डिजिटल टुल जस्ता योजनाहरू पनि समेटिएका छन्।

प्रकाशित: २०८२ माघ १८ गते आईतबार १२:४८
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना