काठमाडौँ- ईसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् रकम अब सिधै नबिल बैंकको खातामा भुक्तानी हुने भएको छ।
सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।
ईसेवा मनी ट्रान्सफरबाट पठाएको रकम ईसेवा वालेटमा समेत पठाउन सकिने व्यवस्था छ। ७५ लाखभन्दा बढी प्रयोगकर्ता भएको ईसेवा वालेटबाट प्रायजसो सबै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा पठाउन सकिने व्यवस्था छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो।


