२०८३ कार्तिक १२ गते बुधबार

हसिना सरकार पतनको १८ महिनापछि बंगलादेशमा निर्वाचन जारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
photo_a3d29a18 (1)

सन् २०२४ को महिनौँ लामो विद्यार्थी आन्दोलन र राजनीतिक उथलपुथलपछि बिहीबार बंगलादेशमा ऐतिहासिक आम निर्वाचन हुँदैछ। शेख हसिना सरकारको पतनपछि त्यहाँका नागरिकहरूले नयाँ सरकार चुन्न मतदान गर्दैछन्। करिब १२ लाख मतदाताहरू निर्वाचनमा सहभागी भएका छन्।

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बिहीबार ढाकास्थित एक मतदान केन्द्रमा आफ्नो मत खसाल्दै देशमा १३ औँ राष्ट्रिय संसदीय निर्वाचन तथा संवैधानिक जनमतसंग्रहको सुरुआत गरेका छन्। देशको अन्तरिम प्रशासनको नेतृत्व गरिरहेका युनुसले निर्वाचन र जनमतसंग्रहलाई राष्ट्रिय हर्ष र पुनर्जागरणको क्षणको रूपमा वर्णन गरे।

‘आज ठूलो खुसीको दिन हो। आज नयाँ बंगलादेशको जन्मदिन हो। हामी यो जन्मदिन दिनभर मनाउनेछौँ,’ युनुसले करिब १८ महिना अघि विद्यार्थी नेतृत्वको आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग सरकारलाई सत्ताच्युत गरेपछि हुन लागेको यस निर्वाचनबारे भने।
‘आजको प्रक्रियामार्फत जनताले विगतलाई अस्वीकार गरेका छन्। जुनसुकै दुःस्वप्नजस्तो विगत थियो, हामीले त्यसलाई पूर्ण रूपमा त्यागेका छौं। आजदेखि हरेक कदममा हामीले नयाँ बंगलादेश निर्माण गर्ने अवसर पाएका छौं,’ उनले भने,‘उम्मेदवारलाई मत दिनु महत्वपूर्ण छ, तर जनमतसंग्रह अत्यन्त महत्वपूर्ण छ। यसले सम्पूर्ण बंगलादेश परिवर्तन गर्नेछ,’ युनुसले उल्लेख गरे। ‘म अत्यन्त खुसी छु। यो मेरो लागि मात्र होइन, सम्पूर्ण बंगलादेशका लागि ठूलो खुसीको दिन हो। यो मुक्ति दिवस हो। हाम्रो दुःस्वप्नको अन्त्य र नयाँ सपनाको सुरुआत आजको प्रक्रियामार्फत भइरहेको छ,’ उनले थपे।

युनुसले आज बिहान करिब १०ः०० बजे (स्थानीय समय) ढाकाको गुलशन मोडेल स्कूल एन्ड कलेज मतदान केन्द्रमा आफ्नो मत खसाले। अन्तरिम सरकार प्रमुखका रूपमा उनले मतदान गर्दा लाखौँ बंगलादेशी नागरिक पनि गत वर्षको राजनीतिक उथलपुथलपछि भइरहेको पहिलो निर्वाचनमा सहभागी भएका छन्। यस मतदानलाई लोकतान्त्रिक शासन पुनस्र्थापनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

निर्वाचनको दिन बिहानैदेखि मतदाता मतदान केन्द्र बाहिर लामो लाइनमा देखिएका थिए। स्थानीय समय अनुसार बिहान ६ बजेदेखि नै मतदाताको उपस्थिति देखिएको थियो, जसले पारदर्शी निर्वाचन प्रक्रियाप्रतिको अपेक्षा र आशा झल्काएको छ।

पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन र उनका दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको अवामी लिग पार्टीमाथि जारी प्रतिबन्धको पृष्ठभूमिमा यो निर्वाचन महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। देश दशकौँदेखि चलिरहेको ‘बेगमहरूको लडाइँ’ युगबाट अघि बढ्न खोजिरहेको छ।

मतगणना आज दिउँसो चार बजे सुरु हुनेछ र निर्वाचन आयोगले गणना सम्पन्न भएपछि फेब्रुअरी १३ बिहान आधिकारिक नतिजा सार्वजनिक गर्नेछ। करिब १२ करोड ७० लाख योग्य मतदातासहित विश्वको आठौँ सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बंगलादेश मतदानमा सहभागी भइरहेको छ।

अल जजीराका अनुसार कुल मतदातामध्ये झण्डै आधा १८ देखि ३७ वर्ष उमेर समूहका छन्, जसमा ४५ लाख ७० हजार पहिलोपटक मतदान गर्ने मतदाता रहेका छन्। बंगलादेशमा अवामी लिगबाहेक ५९ वटा दर्ता भएका राजनीतिक दल छन्, जसमध्ये ५१ दल यस वर्षको निर्वाचनमा सहभागी भएका छन्। अवामी लिगको दर्ता गत वर्ष निर्वाचन आयोगले निलम्बन गरेपछि उसले उम्मेदवार उठाउन पाएको छैन। कुल १,९८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा २४९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातिया पार्टी (जेपी–क्वादेर), जातिया पार्टी (जेपी–एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स र आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन्।
भ्रष्टाचार, महँगी, रोजगारी र आर्थिक विकास यस निर्वाचनका मुख्य मुद्दा रहेका छन्। संसदीय निर्वाचनसँगै देशमा ‘नेशनल चार्टर २०२५’ सम्बन्धी जनमतसंग्रह पनि भइरहेको छ, जुन अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस नेतृत्वमा तयार पारिएको दस्तावेज हो र भविष्यको शासन व्यवस्थाको आधार तय गर्ने उद्देश्य राखिएको छ।

प्रकाशित: २०८२ माघ २९ गते बिहिबार ०१:१७
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना