काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको घोषणापत्रमा समावेश गर्न ४१ बुँदे स्वास्थ्य सुधार प्रस्ताव पेश गरेको छ। संघले सबै नागरिकलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
प्रस्तावमा प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल र स्वास्थ्य क्लिनिक विस्तार, स्वास्थ्य बीमा अनिवार्य र दाबी प्रक्रिया सरल बनाउने व्यवस्था समावेश छ। बीमा कोष सुदृढ गर्न अस्वास्थ्यकर वस्तुमा कर वृद्धि गर्ने सुझाव पनि दिइएको छ।
नसर्ने रोग नियन्त्रण, क्यान्सर र मिर्गौला जस्ता जटिल रोगका लागि एकद्वार उपचार प्रणाली, मानसिक स्वास्थ्य र दुव्र्यसन नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
साथै, स्वास्थ्यकर्मी पलायन रोक्न विशेष प्याकेज, सातै प्रदेशमा सुपर स्पेसियालिटी अस्पताल, टेलिमेडिसिन र एयर एम्बुलेन्स सेवा विस्तार, डिजिटल स्वास्थ्य प्रणाली कार्यान्वयन तथा औषधि खरिदमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।


