२०८३ कार्तिक १२ गते बुधबार

बंगलादेशमा तारिक रहमानको सरकारमा को–को बने मन्त्री?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ६
tarik_rahaman

गत साताको संसदीय निर्वाचनमा भारी बहुमतका साथ विजय हासिल गरेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता तारिक रहमानले बंगलादेशको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। तत्कालिन प्रधानमन्त्री शेख हसिना नागरिक विद्रोहका कारण सत्ताच्युत भई निर्वासित भएको १८ महिनापछि बंगलादेशमा निर्वाचित सरकार आएको हो।

बिहीबार भएको निर्वाचनमा रहमानको नेतृत्वमा रहेको राजनीतिक गठबन्धनले २१२ सिट जितेको छ भने उनको मुख्य प्रतिस्पर्धी जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट प्राप्त गरेको छ।

मंगलबार रहमानले पदको शपथ लिए। नवनिर्वाचित सांसदहरूले पनि संसद भवनको शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनबाट देशप्रति वफादार रहने शपथ लिए। उक्त समारोहमा पाकिस्तानका विदेशमन्त्री, भारतको संसदका सभामुख, नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मालगायतका विदेशी अधिकारीहरूको पनि उपस्थिति थियो।

नयाँ मन्त्रीमण्डलमा को-को छन्?
मंगलबार दिउँसो ढाकामा आयोजित छुट्टै समारोहमा नयाँ मन्त्रीमण्डलका २५ पूर्ण मन्त्रीहरूले शपथ लिएका छन्। बंगलादेशमा प्रधानमन्त्रीसहित २६ जना मुख्यतया बीएनपी र यसका निकट सहयोगी दलहरूबाट चुनिएका छन्। यसबाहेक २४ जना राज्यमन्त्री रहनेछन्। यसरी

रहमान सरकारमा नियुक्त भएका राज्यमन्त्रीहरूमा नुरुल हक र जोनायद साकी रहेका छन्। उनीहरू पहिलो पटक सांसद बनेका हुन् र २०२४ को विरोध प्रदर्शनका क्रममा प्रमुख आवाजका रूपमा चिनिएका थिए।

मन्त्रीमण्डलका सदस्यहरूको घोषणा गरिए पनि उनीहरूले कुन मन्त्रालयको जिम्मेवारी पाउनेछन् भन्ने कुरा अझै निश्चित भइसकेको छैन।

केही प्रमुख अनुहारहरू यस प्रकार छन्–

मिर्जा फखरुल इस्लाम आलमगीर
सन् २०१६ देखि बीएनपी को महासचिवका रूपमा कार्यरत ७८ वर्षीय आलमगीर उत्तर-पश्चिमी बंगलादेशको ठाकुरगाउँ-१ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनले सन् २००१ देखि २००६ सम्म रहमानकी आमा खालिदा जियाको नेतृत्वमा रहेको बीएनपी सरकारमा कृषि र नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीको रूपमा काम गरिसकेका छन्।

अमिर खसरु महमुद चौधरी
चौधरी दक्षिण-पूर्वी बंगलादेशको चटगाउँ-११ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनी बीएनपी को स्थायी समितिका सदस्य हुन् र यसअघि २००१ देखि २००४ सम्म वाणिज्य मन्त्रीका रूपमा काम गरिसकेका छन्।

इकबाल हसन महमुद टुकु
७५ वर्षीय टुकु उत्तर बंगालको सिराजगन्ज-२ बाट सांसद निर्वाचित भएका हुन्। उनी बीएनपी को नीति निर्माण गर्ने सर्वोच्च निकाय ‘स्थायी समिति’ का सदस्य हुन्। यसअघि उनले ऊर्जा राज्यमन्त्रीको रूपमा काम गरेका थिए। सन् २०२३ मा भ्रष्टाचारको मुद्दामा दोषी ठहरिए पनि सेप्टेम्बर २०२५ मा सर्वोच्च अदालतको अपिल विभागले उनलाई सफाइ दिएको थियो।

खलिलुर रहमान
खलिलुर रहमान एक ‘टेक्नोक्र्याट’ (विज्ञ) मन्त्री हुन्, उनी कुनै राजनीतिक दलको सदस्य वा सांसद होइनन्। उनले शेख हसिनाको बहिर्गमनपछि बनेको मोहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनमा राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा काम गरेका थिए। उनले रोहिंग्या शरणार्थी समस्यामा सरकारको प्रतिनिधिको रूपमा पनि काम गरेका छन्।

अफरोजा खानम रिता
मन्त्रीमण्डलकी एक मात्र महिला मन्त्री रिता पहिलो पटक सांसद बनेकी हुन्। उनी ‘मोन्नो ग्रुप अफ इन्डस्ट्रिज’ की अध्यक्ष हुन्, जुन समूहले सिरेमिक, कपडा र कृषि मेसिनरी उत्पादन गरी निर्यात गर्ने गर्दछ।

दिपेन देवान
६२ वर्षीय चकमा बौद्ध नेता देवान रांगामाटी निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्। उनलाई ‘चटगाउँ हिल ट्र्याक्ट्स’ (पहाडी क्षेत्र) मामिला मन्त्री नियुक्त गरिने अपेक्षा गरिएको छ।

नितई रोय चौधरी
७७ वर्षीय हिन्दु नेता चौधरीलाई सांस्कृतिक मामिला मन्त्री बनाइने सम्भावना छ। उनी बीएनपी का शीर्ष नेताहरूका वरिष्ठ सल्लाहकार र रणनीतिकार हुन्।

यस्तो छ बंगलादेशको नयाँ मन्त्रिमण्डल

प्रधानमन्त्री
१. तारिक रहमान

मन्त्रीहरू
२. मिर्जा फखरुल इस्लाम आलमगीर
३. सलाहुद्दिन अहमद
४. अमीर खासरु महमुद चौधुरी
५. इकबाल हसन महमुद टुकु
६. मेजर (सेवानिवृत्त) हाफिज उद्दिन अहमद
७. डा. ए जेड एम जाहिद होसैन
८. डा. खालिलुर रहमान
९. अब्दुल अव्वाल मिन्टु
१०. मोफज्जल होसैन काइकोबाद
११. मिजानुर रहमान मिनु
१२. निताइ राय चौधुरी
१३. खन्दाकर अब्दुल मुक्तादिर
१४. आरिफुल हक चौधुरी
१५. जाहिर उद्दिन स्वप्न
१६. अमिन उर राशिद
१७. अफरोजा खानम रिता
१८. शाहिद उद्दिन चौधुरी एनी
१९. असादुल हबीब दुलु
२०. मोहम्मद असदुज्जमान
२१. जकारिया ताहेर
२२. दिपेन देवान
२३. एहसानुल हक मिलन
२४. सरदार मोहम्मद सकावत होसैन
२५. फकिर महबुब अनाम
२६. शेख रोबिउल आलम

राज्यमन्त्रीहरू
२७. एम. राशिदुज्जमान मिल्लत
२८. अनिन्द्य इस्लाम अमित
२९. मोहम्मद शरीफुल आलम
३०. शमा ओबाएद इस्लाम
३१. सुल्तान सलाहुद्दिन टुकु
३२. ब्यारेस्टर कैसर कमाल
३३. फरहाद होसैन आजाद
३४. अमिनुल हक
३५. मिर मोहम्मद हेलाल उद्दिन
३६. हबीबुर राशिद
३७. राजिव अहसान
३८. अब्दुल बारी
३९. मिर शाहे आलम
४०. जोनाएद साकी
४१. इशराक होसैन
४२. फरजाना शार्मिन
४३. शेख फरिदुल इस्लाम
४४. मोहम्मद नुरुल हक नुर
४५. यासेर खान चौधुरी
४६. एम. इकबाल होसैन
४७. एम. ए. मुहित
४८. अहमद सोहेल मन्जुर
४९. बोबी हज्जाज
५०. अली नवाज महमुद खायम

यी नियुक्तिहरूको महत्त्व के छ?
चुनावी अभियानका क्रममा बीएनपी ले जनतालाई एक वैध र निर्वाचित सरकार दिने वाचा गरेको थियो। त्यसैले, विज्ञहरूका अनुसार नयाँ मन्त्रीहरूमाथि जनताको कडा निगरानी रहनेछ।

इन्डिपेन्डेन्ट युनिभर्सिटी, बंगलादेशका लेक्चरर खन्दकार तहमिद रेजवानले अल जजिरालाई भने: ‘नयाँ नियुक्त मन्त्रीहरूले अघिल्लो अन्तरिम सरकार र शेख हसिनाको सरकारभन्दा बढी प्रभावकारी र फरक देखिएर आफूलाई प्रमाणित गर्नुपर्ने ठूलो दबाब सामना गर्नेछन्।’

उनले थपे, ‘२०२४ को विद्यार्थी विद्रोहपछि कार्यकारी शक्तिको केन्द्र पुरानै अनुहारले ओगट्छन् कि उमेर, लिंग, जातीयता र धर्मका आधारमा विविधता झल्काउने नयाँ अनुहारहरू आउँछन् भन्ने हेर्नु रोचक हुनेछ।’

प्रकाशित: २०८२ फाल्गुण ६ गते बुधबार १२:४२
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना