काठमाडौं। इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ। अमेरिकी–इजरायल संयुक्त आक्रमण परी खामेनेईको मृत्यु भएको हो।
इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर मृत्यु भएको पुष्टि गरेको छ।मिलिटरी मोनिटरले इरानको इस्लामिक क्रान्तिका नेता खामेनीलाई सहिद घोषणा गरिएको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका थिए।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका थिए।
उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।
यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए।
संयुक्त आक्रमणपछि इरानको राजधानी तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ।


