२०८३ कार्तिक १२ गते बुधबार

इजरायलमा इरानको जवाफी आक्रमण, असर दुबई, कतार, बहराइन, कुवेत र ओमानसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
isreal

एजेन्सी: इरानमाथि इजरायल र अमेरिकाको संयुक्त आक्रमणले मध्यपूर्वलाई अशान्त बनाएको छ, जसको असर यस क्षेत्रभन्दा बाहिर पनि देखिएको छ। यो घटनाक्रम तीव्र गतिमा विकसित भइरहेको छ; यस घडीसम्मका मुख्य जानकारीहरू यहाँ छन्:

इजरायली रक्षा बल (आईडीएफ) ले आइतबार बिहान तेहरानका विभिन्न लक्ष्यहरूमा नयाँ चरणको आक्रमण सुरु गरेको छ। तस्बिरहरूमा सहरमाथि कालो धुवाँ मडारिएको देखिन्छ र बीबीसी पर्सियनले राजधानीमा विस्फोटका आवाजहरू सुनिएको जनाएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार अघिल्लो दिनको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित कम्तीमा ४० अधिकारी मारिएको बताइएको छ।

इरानले त्यसको जवाफी आक्रमण सुरु गरेको छ। तेल अभिभका अधिकारीहरूका अनुसार इरानी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणबाट इजरायलमा ४० वटा भवनमा क्षति पुगेको भनिएको छ। आक्रमणमा दुई जनाको मृत्यु भएको छ। इजरायलको एम्बुलेन्स सेवाले २० जनालाई अस्पताल लगिएको बताएको छ। देशभर साइरन बजाइएको थियो, तर हवाई रक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्रहरूलाई आकाशमै खसालिदिएको दाबी गरेको छ।

इरानले दुबई, कतार, बहराइन, कुवेत र ओमानमा पनि हवाई आक्रमण गरिरहेको छ। उसले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको हो। दुबईमा बस्ने एक बेलायती नागरिकले बीबीसीलाई भनेका छन्, ‘यो २४ घण्टा अत्यन्तै त्रासपूर्ण रह्यो। हामीले बम विस्फोटका आवाजहरू सुनिरहेका छौं र घर थर्किएको महसुस गरिरहेका छौं।’ जारी आक्रमणका कारण यस क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको छ।

बेलायती रक्षा मन्त्री जोन हेलीले साइप्रसतर्फ दुईवटा इरानी क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन्, जहाँ बेलायतका सैन्य आधारहरू छन्। यद्यपि, ती क्षेप्यास्त्रहरूले बेलायती सैन्य संयन्त्रहरूलाई निशाना नबनाएको अनुमान गरिएको छ। तर साइप्रसका अधिकारीहरूले भने आफ्नो दिशामा क्षेप्यास्त्रहरू आइरहेको कुरालाई खण्डन गरेका छन्।

इरानका घटनाहरूको असर अन्यत्र पनि परिरहेको छ। पाकिस्तानको कराँची सहरमा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर हिंसात्मक झडप भएको छ। इरानसँग ऐक्यबद्धता जनाउन सयौं मानिसहरू प्रदर्शनमा उत्रिएका थिए र प्रहरीसँगको झडपमा नौ जनाको मृत्यु भएको छ।

प्रकाशित: २०८२ फाल्गुण १७ गते आईतबार ०६:००
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना