काठमाडौँ: दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ मालुस्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान गर्ने क्रममा विवाद भएपछि मतदान रोकिएको हो।
मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो। अवस्था तनावपूर्ण भएपछि हवाई फायरिङ गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आले जानकारी दिए।
अहिले त्यहाँ मतदान रोकिएको छ भने स्थिति नियन्त्रणमा आएको छ। पुन: सुचारूका लागि सर्वदलिय बैठक बस्दैछ।


