विराटनगर: मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ठूलो मतान्तरले पछि परेका छन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनयता तीनपटक यही क्षेत्रबाट निर्वाचित भएका उनलाई यसपालि प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्यले साढे पाँच गुणा मतान्तरले पछि पारेकी छन्।
हालसम्म ६ हजार १३५ मत गणना हुँदा रुविनाले ३ हजार ४२३ मत ल्याउँदा शेखर हजारमुनि छन्। उनले जम्मा ७२८ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत प्राप्त गरेका छन्।


