२०८३ कार्तिक १ गते शनिवार

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १
gagan_kumar

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।

सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु । बेइमानी नगरीकन, नचुकीकन आफ्नो कर्म गर्छु,’ उनले भने ।

थापाले आफ्नो पहिलो प्रतिबद्धता लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायप्रति रहेको स्पष्ट पारे । आगामी दिनमा नेपाली कांग्रेसले सरकार, सत्ता र राजनीतिक सहकार्यभन्दा लोकतन्त्र, नागरिकको सम्मान तथा सामाजिक न्यायलाई प्राथमिकता दिने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेसको आगामी यात्रा लोकतन्त्र, गरिमा र सामाजिक न्यायका आधारमा अघि बढ्नेछ । कुनै पनि दल, संस्था, सरकार वा शक्तिसँग सहकार्य गर्ने अथवा संघर्ष गर्ने भन्ने कुरा यी मूल्यप्रतिको प्रतिबद्धताले निर्धारण गर्नेछ,’ थापाले भने ।

सभापति थापाले पार्टीको सफलता निर्वाचनमा प्राप्त हुने जित, आयोजना गरिने सभा वा जुलुसको संख्याले मात्र मापन नहुने बताए । नागरिकले कांग्रेसलाई कति विश्वास गर्छन् भन्ने विषय पार्टीको सफलताको मुख्य आधार हुने उनको भनाइ थियो ।

उनले कांग्रेसलाई नागरिकका समस्या र अप्ठ्यारामा भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता जनाए । पार्टीका आन्तरिक गतिविधिमा केन्द्रित हुने समय र ऊर्जा घटाएर नागरिकका मुद्दामा बढी ध्यान दिनुपर्ने उनले बताए ।

थापाले कांग्रेसलाई वर्तमान समयको वैचारिक नेतृत्व गर्ने पार्टीका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे । नेपालको राजनीतिलाई लोकप्रियतावादबाट लोकतन्त्र र देखावटी गतिविधिमा केन्द्रित राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजान आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थतन्त्रको न्यून वृद्धि, स्रोत परिचालनका चुनौती र समाजमा कायम विभेदका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता विषयको समाधान खोज्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताए।

कांग्रेसलाई पार्टी कार्यालय र आन्तरिक बैठकमा मात्र सीमित नराखी नागरिक, युवा, किसान तथा समुदायका बीचमा पुर्याउनुपर्ने उनले बताए ।

‘नेपाली कांग्रेसको तागत पार्टीका बन्द कोठाहरूबाट आउँदैन, कांग्रेसको तागत आम नागरिकहरूको विश्वासबाट आउँछ,’ उनले भने ।

उनले पार्टीका प्रत्येक सदस्यलाई कुनै न कुनै सामाजिक आन्दोलनसँग जोड्दै कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित: २०८३ कार्तिक १ गते शनिवार ०६:५४
प्रतिक्रिया

थप समाचार

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्। पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक...

डा. मुकेश काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् युवा नेता डा. मुकेशराज काफ्ले नेपाली कांग्रेसको कन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनबाट खुल्ला...

कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु...

विश्व बैंक र आईएमएफको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अर्थमन्त्री...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना