२०८३ असोज २७ गते मङ्गलबार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

 |  गणेश कार्की
Sanket

गणेश कार्की

काठमाडौँ, असोज २७
ganesh_karki_1

नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ऊर्जा क्षेत्र सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक हो। यहाँको जलविद्युत उत्पादन क्षमता र भारतको विशाल बजारलाई जोड्न सके दुवै देशले आर्थिक लाभ लिन सक्छन्।

त्यसैले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी दीर्घकालीन ऊर्जा सहकार्यका ठोस आधार तयार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ।

नेपाल र भारतबीच विद्युत व्यापार विस्तार हुँदै गए पनि उत्पादन, प्रसारण, बजार पहुँच र लगानीका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ।

आगामी दिनमा ऊर्जा सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउन प्रधानमन्त्रीको भ्रमणमा निम्न विषयलाई प्राथमिकताका साथ उठाउन आवश्यक देखिन्छ।

पहिलो, दीर्घकालीन विद्युत खरिद सम्झौताः

नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न ठूलो लगानी आवश्यक पर्छ। लगानीकर्तालाई बजारको सुनिश्चितता दिन दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) महत्त्वपूर्ण हुन्छ।

भारतसँग विद्युत् खरिदको दीर्घकालीन आधार तयार भएमा नयाँ आयोजना निर्माण, वित्तीय स्रोत जुटाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न सहज हुनेछ।

दोस्रो, भारतमार्फत बंगलादेशमा विद्युत व्यापार विस्तारः

नेपालमा उत्पादन हुने बिजुलीको बजार भारतमा मात्र सीमित राख्नु आवश्यक छैन। भारतको प्रसारण संरचना र सहकार्य उपयोग गर्दै बंगलादेशमा निर्यात विस्तार गर्न सकिन्छ।

यसका लागि त्रिपक्षीय सहकार्य, बिजुली खरिदको स्थिर व्यवस्था र प्रसारण शुल्कसम्बन्धी स्पष्ट समझदारी आवश्यक छ।

तेस्रो, सीमापार प्रसारण पूर्वाधार विकासः

विद्युत उत्पादन बढ्दै जाँदा त्यसलाई बजारसम्म पुर्याउने प्रसारण संरचना पनि विस्तार गर्नुपर्छ।

नेपाल–भारतबीच नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण, विद्यमान संरचनाको क्षमता वृद्धि र निजी क्षेत्रको लगानी प्रवद्र्धनमा सहकार्य आवश्यक छ। यसले विद्युत व्यापारको क्षमता बढाउनुका साथै आयोजना निर्माणमा लगानीको वातावरण सुधार गर्न मद्दत गर्नेछ।

चौथो, दुवै देशका निजी कम्पनीबीच प्रत्यक्ष विद्युत व्यापारः

विद्युत् व्यापारमा सरकारी निकायको भूमिकासँगै निजी क्षेत्रको सहभागिता पनि बढाउनुपर्छ। नेपाल र भारतका योग्य निजी कम्पनीबीच प्रत्यक्ष विद्युत खरिद–बिक्रीका लागि आवश्यक नीतिगत र नियामकीय व्यवस्था बनाउन सके प्रतिस्पर्धा, लगानी र बजार विस्तारका नयाँ अवसर सिर्जना हुनेछन्।

पाँचौँ, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यान्वयनः लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर परियोजनालाई अब समयबद्ध कार्ययोजनासहित अघि बढाउनुपर्छ।

परियोजनासम्बन्धी बाँकी प्राविधिक, वित्तीय र संस्थागत विषयमा सहमति जुटाउँदै स्पष्ट समयसीमा निर्धारण गर्नु आवश्यक छ। यसले विद्युत उत्पादनसँगै सिँचाइ र बाढी व्यवस्थापनमा पनि योगदान दिन सक्छ।

छैटौँ, संयुक्त नदी बेसिन अध्ययन र बाढी पूर्वसूचना प्रणालीः

नेपाल र भारतका नदी प्रणाली एकअर्कासँग जोडिएका छन्। त्यसैले संयुक्त नदी बेसिन अध्ययन, जलप्रवाहसम्बन्धी तथ्यांक आदानप्रदान, बाढी अनुगमन र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्छ। यसले सीमावर्ती क्षेत्रका नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा सहयोग पुर्याउनेछ।

सातौँ, ऊर्जा क्षेत्रमा द्विपक्षीय लगानी प्रवद्र्धनः

विद्युत उत्पादन, प्रसारण र क्षेत्रीय व्यापारमा दुवै देशका निजी तथा संस्थागत लगानीकर्तालाई सहभागी गराउनुपर्छ। लगानी सुरक्षाको प्रत्याभूति, नीतिगत स्थिरता र परियोजना स्वीकृतिको स्पष्ट प्रक्रियाले सहकार्यलाई गति दिन सक्छ।

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने भन्ने विषयमा स्पष्ट समयबद्ध कार्ययोजना बन्न आवश्यक छ।

ऊर्जा सहकार्यलाई दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्न सके नेपालको जलविद्युत विकास, रोजगारी सिर्जना र क्षेत्रीय ऊर्जा बजारमा नेपालको भूमिकालाई नयाँ उचाइमा पुर्‍याउन सकिनेछ।

(ऊर्जा मन्त्रालयका सल्लाहकार कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका पुर्वअध्यक्ष हुन्)

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार ०८:१५
प्रतिक्रिया

थप समाचार

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

यस कारण कांग्रेसको उपाध्यक्षमा मेरो उम्मेदवारीः विनोद चौधरी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक शुभकामना एवं जय नेपालको अभिवादन। देशले अहिले युवा नेतृत्वको खोजी गरिररहेको...

निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग खुलाः जलविद्युत विकासमा सरकारको दूरगामी कदम

राष्ट्रिय प्रसारण ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच दिने सरकारको नीतिले मुलुकको जलविद्यत विकासमा ठूलो फड्को मार्ने देखिएको छ। सरकारको यो महत्त्वपूर्ण निर्णय मुलुकको ऊर्जा तथा जलविद्युत्...

बौद्धिकता, लोकतन्त्र र आजको कांग्रेस

बौद्धिकता केलाई भन्ने यो आजको दुनियाँमा यो बहस हुनुपर्ने विषय हो। अझ, बौद्धिकता र विवेक राजनीतिलाई सन्तुलित बनाइराख्ने अस्त्रहरू हुन्। हामीले अस्त्रहरूलाई सही तरिकाले प्रयोग गरेनौँ भनेँ...

संयुक्त राष्ट्र संघ महासभाको ८१औँ सत्रमा प्रधानमन्त्री बालेनको सम्बोधन [पूर्णपाठ]

अध्यक्ष महोदय, महासचिवज्यू, महामहिमहरू, विशिष्ट प्रतिनिधिहरू, तथा आदरणीय महिला तथा सज्जनवृन्द, म हिमालयको काखमा रहेको दूरदराजको देश नेपालबाट मानवताका लागि एउटा गम्भीर चेतावनी लिएर यहाँहरूमाझ...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
roop_jyoti
बैंकिङ

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
hydro_plant
पूर्वाधार

हुम्लाको मिमीमा ७० मेगावाट अर्धजलाशय आयोजना बनाउँदै स्टिभा हाइड्रो

मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना