२०८३ असोज २२ गते बिहिबार

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
roop_jyoti

काठमाडौँ: मुलुककै पुरानो व्यावसायिक घराना ज्योति ग्रुप अहिले गहिरो आर्थिक संकटमा परेको छ। दाजु पद्म ज्योति र भाइ रूप ज्योतिबीच अंश विवादले चर्को रूप लिएपछि वित्तीय संकट झन गहिरिँदै गएको हो।

ऋण नतिरपछि विभिन्न बैंकले सूचना प्रकाशित गर्न थालेका छन्। यस्तै हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रूप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असुल गर्ने चेतावनी बैंकले दिएको छ।

बैंकको सीटीसी शाखा सुन्धाराबाट लिएको कर्जाको समय समयमा बुझाउन पर्ने साँवा ब्याज नतिरी कर्जासम्बन्धी शर्त बन्देज उल्लंघनको तथा पटक पटक लिखित तथा मौसिक तरताकेता गर्दासमेत ऋण चुक्ता नगरेकाले ३५ दिनको समय दिएको जनाएको छ।

उक्त समयभित्र चुक्ता नगरे ऋणी र बैंकबीच भएको सम्झौताअनुसार कारबाही गरी कालोसूचीमा राखेर असूलका लागि कानुनी कारवाही अगाडी बढाइने चेतावनी बैंकले दिएको छ।

व्यक्तिगत जमानी दिने अभिक ज्योति, सुरुची ज्योति र रूप ज्योतिका साथै १५ प्रतिशत बढी सेयर धारणा गर्ने हिमाल आइरन एन्ड स्टिल प्रालि र कमला कंसाकार रहेको बैंकले जनाएको छ। कान्तिपथमा रहेको जग्गा धितोमा रहेको बैंकले जनाएको छ।

ऋण नतिरेपछि व्यवसायी रूप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

यसअघि व्यवसायी रूप ज्योतिले ऋण नतिरेपछि गत साउनको पहिलो साता प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको थियो।

साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको थियो। ज्योतिले नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिले लिएको ऋण नतिरेको बैंकले जानकारी दिएको थियो।

हिरो मोटरसाइकल डिलर खोसिएपछि नेपाल बैंकले २०८१ मंसिरमा ऋण तिर्न रूप ज्योतिलाई ताकेता गरेको थियो। हिरोको नेपाल डिलर, नेपाल जनरल मार्केटिङ र ग्राण्डी सिटी हस्पिटलको सम्पत्ति नेपाल बैंकले लिलाम गर्न चेतावनी बैंकले दिएको। यि दुबै सम्पत्ति रूप ज्योतिको हो।

अंश विवाद भएपछि ज्योति ग्रुपमा विभाजन

रूप ज्योति र पद्म ज्योति दाजुभाईबीच लामो समयदेखि अंश विवाद छ। नेपाल जनरल हिरो होन्डा मोटरसाइकलको अधिकृत बिक्रेता थियो।

हिरोको डिलरसिप खोसिएपछि ज्योति संकटमा परेका हुन्। हिरो मोटरसाइकल हाल चौधरीको सीजी मोटरले बिक्री गर्दै आएको छ। दाजुभाइबीचको अंश झगडाले मणिहर्ष ज्योतिले बनाएको १२२ वर्ष पुरानो साम्राज्य अहिले संकटमा छ। झगडाका कारण समूहको बिजनेस विस्तार हुनुको साटो खुम्चिँदै गएको छ।

पारिवारिक उद्योगी घराना ज्योति ग्रुप औपचारिक रूपमा अलग भएको छ। ज्योति ग्रुपमा दुई भाइको झगडा सुरू भएसँगै २०८१ मंसिरमा पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना गरि ब्रान्डिङ सुरू गरेका छन्।

सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्व विवादले यो समूह अलग भएको हो। भाइ रूप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन्।पद्म नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्।

१२२ वर्षअघि ज्योति ग्रुप सुरु भएको हो। नेपालमा पहिलो डन्डी उद्योग, पहिलो सिमेन्ट उद्योग सुरू गरेको थियो। समूहको हिमाल स्टिल, अटोमा होन्डा, बैंक तथा वित्तीय संस्थाहरूमा लगानी छ।

समूहको सम्पत्तिमा पद्मको ३३, रूपको ३३ र एक अविवाहित कमलाको ३३ प्रतिशत हिस्सा रहेको छ। बैंनी कमलाले आफ्नो पक्षमा भएपछि अहिले समूहको बहुमत स्वामित्व रूप ज्योतिको हातमा छ।

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०८:२८
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको...

बैंकले दिए ६५ अर्ब सहुलियत कर्जा, कृषि क्षेत्रमा धेरै

राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८३–८४को साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल ४३ हजार ५१ जना ऋणीलाई ६५ अर्ब ४० करोड ३३ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको हो।

भारतमा चार वर्षपछि बढ्यो रेपोदर, यस्तो छ कारण

रेपोदर वृद्धिको निर्णय पछाडि मुख्यतः तीनवटा कारण देखिएका छन्—अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि, पुनः बढ्न थालेको मुद्रास्फीति जोखिम र विश्वव्यापी ब्याजदरको बदलिँदो अवस्था।

दशैँमा एटीएमबाटै झिक्नुहोस् १०० का सुकिला नयाँ नोट

काठमाडौँ: नेपाल राष्ट्र बैंकले यसपालिको दशैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना