२०८३ असोज २२ गते बिहिबार

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
kbl

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको हो।

बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार उनीहरूका लागि सेयर खरिदको अवसर दिइए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूहबाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन्।

बैंकले उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जनाएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं–२ मा दिन सकिनेछ।

 

प्रकाशित: २०८३ असोज २२ गते बिहिबार १०:३१
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

बैंकले दिए ६५ अर्ब सहुलियत कर्जा, कृषि क्षेत्रमा धेरै

राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८३–८४को साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल ४३ हजार ५१ जना ऋणीलाई ६५ अर्ब ४० करोड ३३ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको हो।

भारतमा चार वर्षपछि बढ्यो रेपोदर, यस्तो छ कारण

रेपोदर वृद्धिको निर्णय पछाडि मुख्यतः तीनवटा कारण देखिएका छन्—अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि, पुनः बढ्न थालेको मुद्रास्फीति जोखिम र विश्वव्यापी ब्याजदरको बदलिँदो अवस्था।

दशैँमा एटीएमबाटै झिक्नुहोस् १०० का सुकिला नयाँ नोट

काठमाडौँ: नेपाल राष्ट्र बैंकले यसपालिको दशैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना