२०८३ असोज ३० गते शुक्रबार

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
gagan_thapa

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेसले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘ नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ । कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन। हजारौँ–लाखौँ मानिसहरू पार्टीभित्र आवद्ध छन्, शुभेच्छुक छन्, समर्थक छन्, सबैको साझा सम्पत्ति हो । सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्तिमा सबैको बराबर हक लाग्छ । त्यसकारणले गर्दा पार्टीभित्र पनि यहाँभित्र पनि सबैको समान कुरा हो।’

उनले पार्टीको आगामी यात्रामा विचार, सङ्गठन र नेतृत्वलाई मुख्य आधार बनाएर अघि बढ्ने उल्लेख गरे।

सभापति थापाले राजनीतिक दलको वैधता सदस्यहरूको मतबाट मात्र नभई समर्थक, शुभेच्छुक र आम नागरिकको स्वीकार्यताबाट स्थापित हुने बताए ।

०८२ को भदौ २३ र २४ का घटनापछिको परिस्थितिमा नेपाली कांग्रेसले जनतामाझ गएर आफ्ना विचार राख्नुपर्ने र नागरिकका कुरा सुन्नुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन आयोजना गरिएको उनले स्पष्ट पारे ।

पार्टीभित्र नेतृत्वको अधिकार र आम सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ रहे पनि दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उनको धारणा थियो ।

उनले भने, ‘राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन, यो समर्थक, शुभेच्छुक र आम नागरिकको पनि साझा संस्था हो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ जानुपर्छ, आफ्ना कुरा राख्नुपर्छ र नागरिकका कुरा सुन्नुपर्छ भन्ने मान्यताका साथ हामीले विशेष महाधिवेशन गरेका हौँ ।’

पराजित भएका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइने

सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई थप सरल र प्रभावकारी बनाउनुपर्ने बताए । वडादेखि केन्द्रसम्म विभिन्न तहमा हुने निर्वाचन र प्रतिनिधि छनोट प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

यसपटकको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि अभ्यासमा रहेको दुई समूहबीचको प्रतिस्पर्धालाई तोड्न सहयोग गरेको उल्लेख गर्दै थापाले आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने बताए ।

निर्वाचनमा विजयी हुनु र पराजित हुनुका आधारमा कसैको योग्यता निर्धारण गर्न नहुने उनको भनाइ थियो । पार्टी निर्माणका लागि योग्य र अनुभवी नेताहरूको योगदान आवश्यक हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उनले बताए ।

सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताए ।

एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाबीच दूरी बढिरहेको उल्लेख गर्दै उनले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित गर्न सक्ने बताए ।

नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्न गरेको प्रयासका रूपमा व्याख्या गरे ।

प्रकाशित: २०८३ असोज ३० गते शुक्रबार ०१:३५
प्रतिक्रिया

थप समाचार

डा. मुकेश काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् युवा नेता डा. मुकेशराज काफ्ले नेपाली कांग्रेसको कन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनबाट खुल्ला...

कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु...

विश्व बैंक र आईएमएफको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अर्थमन्त्री...

प्रहरीलाई कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ:  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन...

अस्ट्रेलियाले बाढी प्रभावितका लागि थप १५ मिलियन डलर सहयोग गर्ने

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना