२०८३ कार्तिक १ गते शनिवार

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १
gb-rai
फाइल तस्बिर

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्।

सेतोपाटीलाई प्रेस नोट र अडिओ सन्देश पठाउँदै उनले आफूलाई खोज्न शक्ति–संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको बताएका हुन्। उनले आवश्यक प्रक्रिया स्वीकार गर्दै नेपाल फर्कन तयार रहेको जनाएका छन्।

राईले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूको सहयोगमा केही जग्गाजमिनको व्यवस्थापन गरेको र आवश्यक परे त्यसबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रयास गर्ने बताएका छन्।

उनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने उल्लेख गर्दै रवि लामिछाने र छविलाल जोशीलाई उक्त विषयमा जोड्नु उचित नहुने बताएका छन्।

यस्तो छ राईले पठाएको प्रेस नोट:

आदरणीय सम्पूर्ण सेयरधनी, बचतकर्ता तथा ऋणी महानुभावहरू,

सबभन्दा पहिले म तपाईंहरूप्रति सम्मान व्यक्त गर्दै केही यथार्थ कुरा स्पष्ट रूपमा राख्न चाहन्छु। तपाईंंहरूले सहकारीप्रति देखाउनुभएको विश्वास, साथ र भरोसाप्रति म सदैव आभारी छु।

लामो समयसम्म, डेढ दशकभन्दा बढी अवधिसम्म, तपाईंहरूको बचत सुरक्षित नै थियो। सहकारी प्रणालीले नियमित रूपमा आफ्नो कार्य सञ्चालन गरिरहेको थियो र हामी सबैले त्यसको सकारात्मक यात्रा पनि अनुभव गरिरहेका थियौं।

तर विश्वव्यापी रूपमा आएको कोभिड–१९ महामारीपछि सुरू भएको आर्थिक मन्दी पूर्ण रूपमा सामान्य हुन नपाउँदै रूस–युक्रेन युद्ध सुरू भयो। त्यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्‍यो र त्यसको प्रत्यक्ष असर हाम्रो देशको आर्थिक गतिविधिमा समेत पर्न गयो। विशेष गरी ऋण असुली प्रक्रियामा यसको प्रभाव स्पष्ट रूपमा देखिन थाल्यो।

सहकारीको मापदण्डभित्र रहेर काम गर्नुपर्ने भए पनि, विभिन्न परिस्थितिका कारण धेरै सहकारी संस्थाहरूले आफ्नो सीमाभन्दा बाहिर गएर लगानी गरेका थिए। हामी पनि त्यस परिस्थितिबाट पूर्ण रूपमा अलग रहन सकेनौं।

बजारमा ऋणको माग कम हुँदै गएपछि बचतकर्ताहरूको बचत र ब्याजलाई सुनिश्चित गर्ने उद्देश्यले केही निजी कम्पनीहरूमा लगानी गरियो। तर बिग्रँदो आर्थिक अवस्थाका कारण ती कम्पनीहरूले अपेक्षित प्रतिफल दिन सकेनन्। अन्ततः केही कम्पनीहरू धराशायी भए र बन्द गर्नुपर्ने अवस्था आयो।

त्यसमध्ये ग्यालेक्सी टिभी लगायत केही कम्पनीहरू पूर्ण रूपमा बन्द भइसकेका कारण ती कम्पनीहरूबाट रकम असुल हुने सम्भावना अत्यन्त न्यून देखिएको थियो।

यति हुँदाहुँदै पनि प्रयास भने कहिल्यै रोकिएको थिएन। समाधान खोज्ने प्रयास निरन्तर जारी थियो। तर एकै समयमा सम्पूर्ण बचतकर्ताहरू बचत फिर्ता लिन आउनु भएपछि त्यो अवस्था तत्काल व्यवस्थापन गर्न सम्भव हुन सकेन।

उदहारणका लागि– कुनै बैंकको निराधार हल्ला चल्यो र बचतकर्ताको भिड लाए, सो बैंक छोटो समयमै टाट पल्टिन सक्छ भने सहकारी त झन् नियामक निकाय नभए सरहले चलिरहेका थिए। साथै, सहकारी संस्थाहरूमाथि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सिँगो राज्य लागेपछि को नै बच्न सक्छ र?

त्यस समयमा तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको थियो। तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरियो र विभिन्न शीर्षकहरू तयार गरेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो।

परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो। त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो।

म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो? यदि यही नै समाधान हो भने कसैले खोज्नुपर्ने आवश्यकता छैन। म आफै उपस्थित हुन्छु र तोकिएको प्रक्रिया स्वीकार गर्न तयार छु।

तर के यसो गर्दा लाखौं बचतकर्ताहरूको अर्बौं रकम फिर्ता आउँछ? पक्कै पनि आउँदैन। सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति–संयन्त्र प्रयोग गर्न पर्दैन। म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपायहरूको अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु।

वास्तविक समाधान कसैलाई दोषी देखाएर मात्र सम्भव हुँदैन। तर अहिले वर्तमान सरकारले बचतकर्ताहरूको बचत सुरक्षित गर्नका लागि जुन किसिमका पहल र कदमहरू अगाडि बढाएको छ, त्यो स्वागतयोग्य र सकारात्मक प्रयास हो।

म ओखलढुंगाको सामान्य राई परिवारबाट अत्यन्त दु:ख-कष्ट गरेर आएको किसानको छोरो हुँ। त्यहाँबाट यहाँसम्म आइपुग्दा मैले कति हण्डर–ठक्कर खान पर्‍यो मलाई मात्र थाहा छ। तर यो समय मेरो दु:खको कथा सुन्ने कसले? पत्याउने कसले?

मलाई त यस देशको इतिहासकै सबभन्दा ठूलो अपराधी भनेर मिडिया र समाजले एकोहोरो प्रमाणित गरिसक्यो। तर मैले हिम्मत हारेको छैन।

वर्तमान सरकारको काम–कारबाहीले मलाई यसरी सार्वजनिक हुने हिम्मत दिलाएको छ। म जीवनभर लुकेर, भागेर हिँड्न चाहन्न। साथै, आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न।

राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो। राज्यले चाह्यो भने यो सब मिल्न सक्छ।बचतकर्ताले रकम फिर्ता पाउन सक्छन्।

म सरकारसँग सहकार्य गर्न चाहन्छु। त्यसको सुरूआत स्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु।

आवश्यकता परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि, म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु।

म अर्को एउटा महत्वपूर्ण विषय पनि स्पष्ट गर्न चाहन्छु। ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ र यसरी आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकहरूको कुनै पनि संलग्नता रहेको छैन।

साथै, कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरूपयोग भए असावधानीवश नाम दुरूपयोग भएको हुनसक्छ। त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ।

गोर्खा मिडिया नेटवर्क मेरो हो। म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन। समाधानको जिम्मेवारी पनि मेरो हो।

त्यसैगरी, रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित होइन भन्ने मेरो बुझाइ छ।

साथै, सहकारीसँग जोडिनुभएका पूर्वसञ्चालकहरू, केही वर्तमान सञ्चालकहरू, सम्पूर्ण कर्मचारी भाइबहिनीहरू र मेरा शुभचिन्तक साथीभाइहरूले पनि आफूले नगरेको कार्यका कारण अनावश्यक रूपमा पीडित हुनुभएको भए, उहाँहरूप्रति म क्षमायाचना व्यक्त गर्न चाहन्छु।

म सरकारसमक्ष पनि हार्दिक अपिल गर्न चाहन्छु कि वास्तविक रूपमा जिम्मेवार व्यक्तिहरूको पहिचान गरी, निर्दोष व्यक्तिहरू अन्यायको सिकार हुन नपर्ने वातावरण निर्माण गरियोस्। म मात्र नभई अरू आर्थिक मुद्दासँग जोडिएका अन्य फरार व्यक्तिहरूलाई थुन्नेभन्दा पनि समाधान गर्ने योजना सरकारले ल्यायो भने म जस्ता धेरै साथीहरू स्वदेश फर्किन चाहन्छन्। म सरकारको सकारात्मक घोषणाको प्रतीक्षामा छु।

तपाईंहरूको विश्वास केवल आर्थिक विषय मात्र होइन। त्यो मेरो जिम्मेवारी, नैतिक दायित्व र जीवनसँग जोडिएको विषय हो।

कठिन समय अवश्य भएको छ। तर विश्वास छ धैर्य, समझदारी र सहकार्यका साथ हामी समाधानको बाटोमा अगाडि बढ्नेछौं।

धन्यवाद, नमस्कार।

— जिबी राई

प्रकाशित: २०८३ कार्तिक १ गते शनिवार ०३:४८
प्रतिक्रिया

थप समाचार

समस्याग्रस्त सुमेरु सहकारीले २० करोड आयकर बुझाउन बाँकी, ठूला करदाताले गर्यो ताकेता

काठमाडौं। समस्याग्रस्त सुमेरु सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले झण्डै २० करोड रुपैयाँ कर बुझाउन बाँकी रहेको छ। ठूला करदाता कार्यालयले सुमेरु सेभिङसलाई १९ करोड ६३ लाख ६० हजार रुपैयाँ...

लिखु बचत तथा ऋण सहकारीको १८औं वार्षिक साधारणसभा सम्पन्न, १७ करोड कारोबार

काठमाडौं। लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ मा १६ करोड ८० लाख कारोबार गरि १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ।...

सहकारी संस्थाले १३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, किन गरियो नयाँ सीमा निर्धारण?

यसअघि नै प्रवाह भइसकेका कर्जाको हकमा भने नयाँ ब्याजदर सीमा लागू नहुने

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय घोषणा गर्ने

ललितपुर। बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आफ्नो नियमन क्षेत्रभित्र रहेका १६ वटा स्वास्थ्य सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको रूपमा घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने...

समस्याग्रस्त २० सहकारीका ऋणी र सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’, नतिरे धितो लिलाम गर्ने

समस्याग्रस्त घोषणा भएका सहकारीहरूका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जिम्मेवार कर्मचारी र जमानीकर्ताहरूलाई पटक पटक ऋण चुक्ता गर्नका लागि जानकारी गराउँदासमेत हालसम्म ऋण नतिरेको कार्यालयले...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना