२०८३ भदौ ३० गते मङ्गलबार

समस्याग्रस्त २० सहकारीका ऋणी र सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’, नतिरे धितो लिलाम गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
sahakari_samiti

काठमाडौं। समस्याग्रस्त भएका विभिन्न २० सहकारी संस्थाहरुबाट ऋण लिएर नतिर्नेलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ‘अल्टिमेटम’ दिएको छ। कार्यालयले समस्याग्रस्त बनेका विभिन्न सहकारी संस्थाका सञ्चालक ऋणी, कर्मचारी,व्यवस्थापकलाई ऋण चुक्त गर्न भनेको हो।

सहकारीबाट लिएको ऋण चुक्ता नगर्ने सञ्चालक, कर्मचारी, ऋणी र व्यवस्थाकको सम्पत्ति लिलाम र जायजेथाबाट चुक्ता गर्ने चेतावनी समितिको कार्यालयले दिएको छ।

समस्याग्रस्त घोषणा भएका सहकारीहरूका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जिम्मेवार कर्मचारी र जमानीकर्ताहरूलाई पटक पटक ऋण चुक्ता गर्नका लागि जानकारी गराउँदासमेत हालसम्म ऋण नतिरेको कार्यालयले जानकारी दिएका छ।

यस्तै पूर्णरुपमा चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने साँवा, ब्याज तथा हर्जानासहितको ऋण नतिरको, तोकिएको समयभित्र ऋण रकम चुक्ता नगरे सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम धितो लिलाम तथा ऋणीको हक लाग्ने अन्य जायजेथाबाट असुल उपर गरिनेसमेत कार्यालयले स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारीमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ओरेण्टल को अपरेटिभ लिमिटेड रहेका छन्।

यस्तै कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड र नेपाल सहकारी वित्तीय संस्था लिमिटेडका ऋणी, सञ्चालक, कर्मचारी र व्यवस्थापकलाई कार्यालयले ऋण तिर्न भनेको हो।

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समाहित संस्थाहरू घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्। यि सहकारीमा एक खर्ब रुपैयाँ बढी बचत रकम दिन बाँकी छ।

बिनाधितो ऋण लगानी
समितिको कार्यालयले दिएको जानकारी अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाको सङ्ख्या २० छ।

समस्याग्रस्त सहकारी संस्थाहरूको अवस्था हेर्दा बिनाधितो ऋण दिइएको समस्या ९५ प्रतिशत देखिएको छ। बिनाधितो आफन्तको नाममा तमसुक बनाएर पैसा निकालिएको देखिएको छ।

सहकारी संस्थाहरुबाट बिनाधितो पैसा झिकेर जग्गा खरिददेखि पशुपालन, कलेज सञ्चालनसम्ममा खर्च गरिएको पाइएको समितिले जनाएको छ।

हैसियत नभएका सामान्य मान्छेलाई ऋणी बनाएर करोडौँ रुपैयाँ ऋण कायम गरिएकाले त्यस्ता व्यक्तिहरूबाट असुल हुने सम्भावना कम छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०७:५१
प्रतिक्रिया

थप समाचार

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय घोषणा गर्ने

ललितपुर। बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आफ्नो नियमन क्षेत्रभित्र रहेका १६ वटा स्वास्थ्य सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको रूपमा घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने...

सहकारीलाई बागमती प्रदेशको नयाँ निर्देशन: डिजिटल नियमनमा जोड, अटेर गरे कारबाही

काठमाडौँ: बागमती प्रदेश सरकारले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बागमती प्रदेशको आन्तरिक...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता...

बागमतीमा ६ महिनामा १,३१९ सहकारी अद्यावधिक, ४० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ: बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले स्थापना भएको करिब ६ महिनामै सहकारी नियमन, अभिलेखीकरण र डिजिटल व्यवस्थापनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। कार्यालयका अनुसार...

बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना