२०८३ मङ्सिर ६ गते आईतबार

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
New Project – 2026-11-18T133215.819

काठमाडौँ: निजी लगानीमा स्थापना भएको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जलविद्युत्‌मा आक्रामक लगानी विस्तार गरेको छ। ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ सञ्चालन गरिरहेको पिपुल्सले १२८ मेगावाटको चार जलविद्युत् आयोजनामा लगानी गरेको छ।

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत् आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत् आयोजनामा लगानी गरेको छ।

हिमचुली दोर्दीमा कम्पनीको पूर्ण लगानी रहेको छ। यस्तै इंखुखोलामा ५० र मिडिल इंखुमा २५ प्रतिशत सेयर लगानी रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

यसैगरी नर्थ समिट हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको न्यादी फिदी र जनता एग्रो एन्ड फरेस्टी लिमिटेडमा संस्थापक लगानीकर्ता भएको छ।

कम्पनीको पूर्ण स्वामित्व रहेको हिमचुली दोर्दी आयोजना नेपाल विद्युत्‌ प्राधिकरणमा विद्युत्‌ खरिद सम्झौता (पीपीए)का लागि पहिलो नम्बरमा रहेको छ। पीपीए हुनसाथ लगानी जुटाएर आयोजना निर्माण अघि बढाउने योजना रहेको कम्पनीका प्रबन्ध सञ्चालक केशव रायमाझीले बताए।

उक्त आयोजनामा नबिल बैंक र सानिमा बैंकले ऋण लगानीको नेतृत्व गर्न इच्छुक रहेको उनले जानकारी दिए। पीपीए हुनासाथ वित्तीय व्यवस्थापन भई आयोजना निर्माणमा जाने उनको भनाई छ। आयोजना चार वर्षदेखि पीपीएको पर्खाइमा रहेको उनले जानकारी दिए।

पिपुल्स हाइड्रोपावरले बैंकको ऋण तिर्न सवा तीन अर्बको हकप्रद सेयर निष्कासन गर्ने, साधारणसभाले गर्यो पारित

‘विद्युत्‌ विकास विभागले दिएको विद्युत्‌ उत्पादन इजाजत (लाइसेन्स) को समय सकिन लाग्यो, तर विद्युत्‌ प्राधिकरणले पीपीए नगर्दा समस्या भएको छ’ उनले भने।

अन्य आयोजनाको सम्भाव्यता अध्ययन जारी रहेको प्रबन्ध सञ्चालक रायमाझीले जानकारी दिए। पीपीए नहुँदा कम्पनीको दायित्व आयोजनामा परिरहेको उनले बताए।

नाफा बढ्दै, तीन महिनामा २४ करोड

गत आर्थिक वर्षसम्म कमजोर वित्तीय अवस्थामा रहेको पिपुल्स हाइड्रोपावरको चालू आर्थिक वर्षदेखि वित्तीय अवस्थामा ठूलो सुधार आएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमाश(साउनदेखि असाजसम्म) पिपुल्सले २४ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ।

गत वर्षको यही अवधिमा पिपुल्सले ६५ लाख ६३ हजार रुपैयाँ मात्र नाफा गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीले ७ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। चालू आर्थिक वर्षको तीन महिनामा आयोजनाबाट उत्पादन भएको बिजुली बेचेर ५१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत वर्षको पहिलो त्रैमाशमा ३१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्षको तुलनामा चालू वर्षको तीन महिनामा कम्पनीको आम्दानी झण्डै सतप्रतिशत बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। गत वर्ष कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो वर्ष आम्दानी दोब्बर बढ्ने देखिएको छ।

विद्युत्‌ प्राधिकरणले मर्स्याङ्दी नदी करिडोरमा निर्माण गर्नुपर्ने २२० केभी प्रसारण लासमयमा सम्पन्न नगर्दा वैकल्पिक व्यवस्था (कन्टिजेन्सी प्लान) अन्तर्गत विद्युत्‌ बिक्री भईरहेकोले आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ।

हाल मस्र्याङदी करिडोर मार्किचोक–भरतपुर २२० केभी प्रसारण लाइन सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले आयोजनालाई लगाएको कन्टिजेन्सी प्लान हटाउन विद्युत्‌ नियमन आयोगबाट स्वीकृत प्राप्त भई सम्झौता संशोधनको प्रकृयामा रहेको छ। आयोजनामा लगाइएको वैकल्पिक व्यवस्थाको अन्त्य भएपछि आम्दानी उल्लेख वृद्धि हुने भएको छ।

सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीले सुपर दोर्दी आयोजना बनाउन बैंकबाट लिएको ऋण दायित्व ८ अर्ब १६ करोड रुपैयाँ छ।

यस्तै कम्पनीले बैंकबाट लिएको ऋण दायित्व घटाउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हकप्रद सेयर निष्कासन गर्न वार्षिक साधारणसभाका साथै विद्युत्‌ नियमन आयोगबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ।

अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएर स्वीकृतिको प्रक्रियामा रहेको पिपुल्सले जनाएको छ। हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०७:२८
प्रतिक्रिया

थप समाचार

प्रतिकूल वर्षाको मारमा पर्साका किसान, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका किसानहरुलाई बेमौसमी पानिले ठुलो मारमा पारेको छ। समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो। ठोरी...

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली जाने यी हुन् ५२ उद्योगी, को कुन क्षेत्रका ? [सूची]

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने...

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

दूधको मूल्य बढाउन सहमति

काठमाडौं। दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ। करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा...

हिम पर्वत हाइड्रोले सिटिजन्स बैंकको ऋण तिर्न ५९ करोडको आईपीओ ल्याउदै

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३मा १७ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...
News 3 (1).psd (9)
विचार

‘अबको जलविद्युत् जमिनमुनि’

सतहको संरचनाभन्दा जमिनमुनि संरचना बनाउँदा तीन गुणा बढी महँगो पर्नसक्छ, तर यसले दीर्घकालीन सुरक्षाको ग्यारेन्टी गर्छ । अब हामीले सस्तो होइन, सुरक्षित र टिकाउ विकासलाई प्राथमिकता दिनुपर्छ ।...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना