२०८३ कार्तिक १४ गते शुक्रबार

पिपुल्स हाइड्रोपावरले बैंकको ऋण तिर्न सवा तीन अर्बको हकप्रद सेयर निष्कासन गर्ने, साधारणसभाले गर्यो पारित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
peoples_hydropower

काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गरेको छ।

साधारणसभाले पारित गरेपछि हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढेको छ। हकप्रद सेयर जारीका लागि कम्पनी विद्युत नियमन आयोग हुँदै नेपाल धितोपत्र पुग्नुपर्ने हुन्छ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरेर तीन अर्ब २० करोड रुपैयाँ जुटाउने छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर बढेर छ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले ५४ मेगावाटको सुपरदोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। प्रसारण लाइनको समस्या देखाउँदै नेपाल विद्युत प्राधिकरणले बिजुली खरिद नगर्दा आयोजनाको आम्दानीमा असर परेको छ।प्राधिकरणले बिजुली नकिन्दा आयोजनाले शेयरधनीलाई लाभांश दिन सकेको छैन्।

यसअघि कम्पनीले हकप्रदबाट संकलन हुने पुँजीको ५० प्रतिशत बैंकको ऋण तिर्न र ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी आयोजनामा लगानी गर्ने लक्ष्य लिएको थियो।

बैंकको ऋण बढ्दै गएपछि कम्पनी हकप्रद शेयर निष्काशन गरेर दायित्व घटाउन निश्कर्षमा पुगेको हो। कम्पनीको ऋण दायित्व आठ अर्ब रुपैयाँ बढी छ। सानिमा बैंकको अगुवाइमा ऋण लगानी भएको छ।

पिपुल्स हाइड्रोपावरले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

यसअघि कम्पनीको १७ औं वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरी ५० प्रतिशत रकम बैंक ऋण घटाउने र अर्को ५० प्रतिशत रकम कम्पनीको नाममा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता एवं वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता हुन नसकेको कारण हकप्रद शेयर निष्काशन  हुन नसकेकोमा हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने सम्पूर्ण रकम बैंक ऋण घटाउने प्रयोजनमा खर्च गर्ने गरी पेश भएको प्रस्ताव नियामक निकायको स्वीकृति लिई निष्काशन गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ।

कम्पनीको नाममा उत्पादन अनुमतिपत्र प्राप्त ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना कम्पनीको सहायक कम्पनीको रुपमा दर्ता भएको हिमचुली पावर कम्पनीको नाममा हस्तान्तरण र नामसारी गर्ने सञ्चालक समितिको निर्णयबमोजिम विद्युत विकास विभागमा अनुरोध गरिएकोमा विभागबाट सैद्धान्तिक सहमति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।

हाल विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ (पाँचौ संशोधन) को दफा २३ बमोजिम आयोजना हस्तान्तरण र नामसारीको लागि साधारणसभाको निर्णय आवश्यक पर्ने नयाँ व्यवस्था भएअनुसार उक्त हिमचुली दोर्दी आयोजना हिमचुली पावर कम्पनीको नाममा हस्तान्तरण र नामसारी गर्ने भनी पेश भएको प्रस्ताव सर्वसम्मत रुपमा निर्णय गरिएको जानकारी पिपुल्सले दिएको छ।

हाल पिपुल्स हाइड्रोपावर कम्पनीको नाममा रहेको हिमचुली दोर्दी आयोजना यस कम्पनी वा हस्तान्तरण गरिलिने हिमचुली पावर कम्पनीले निर्माण नगर्ने अवस्था भएमा हालसम्म पिपुल्स हाइड्रोपावरको तर्फबाट हिमचुली आयोजनाको लागि भएको खर्च उठ्ने गरी कुनै कम्पनी वा व्यक्तिले लिन चाहेमा दिनेसम्मको अख्तियारी सञ्चालक समितिलाई दिनेगरी प्रस्तुत प्रस्तावसमेत सर्वसम्मत रुपमा पारित गरेको छ।

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार १२:१६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना