काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक १८ गते काठमाडौँको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयसहित मधेश प्रदेशको बर्दिबास, कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा देखिएको रगत अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ। बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसैबीच, बैंकले वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। कार्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा हुने प्रतियोगितामा सेजन, नाफिज र इमानसहित ३० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन्।


