काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ।
डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई घरमै बसेर सहज रूपमा सेवा नवीकरण गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। ग्राहकले स्मार्ट प्लस एपका अतिरिक्त अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट पनि डिसहोमका सेवा नवीकरण गर्न सक्नेछन्।


