२०८३ कार्तिक १४ गते शुक्रबार

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
ict

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्।

अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत सेमिफाइनलिस्ट चयन गरिएको आयोजकले जनाएको छ। छनोट हुनेमा स्टार्टअप आईसीटी अवार्डका १०, सोसल इनोभेसनका १०, प्रडक्टका १५ र राइजिङ स्टार इनोभेसनका १५ टिम छन्।

स्टार्टअप विधामा आशिर्वाद केयर, एक्सेलेरेटेड कम्प्युटिङ, फ्युलिङ एम्बिसन्स, गरुडएक्स मल्टिपर्पस, गोमाइगो बुकिङ्स, लुमिनो टेक्नोलोजी, रेफेरो सोलुसन्स, समएक्स इन्क, योद्धा ल्याब र जेलियन्ट कम्पनी छनोट भएका छन्।

सोसल इनोभेसनतर्फ बारबर्दिया एग्रो-मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, स्मार्ट पब्लिक ट्वाइलेट्स, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम सेमिफाइनलमा पुगेका छन्।

त्यस्तै, प्रडक्ट विधामा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स, दन्त-मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस छनोट भएका छन्।

राइजिङ स्टार इनोभेसनतर्फ दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर-साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप सेमिफाइनलमा पुगेका छन्।

सेमिफाइनलिस्टहरू आगामी मङ्सिरको पहिलो साता आयोजना हुने स्टार्टअप एन्ड आइडिया फेस्ट तथा ग्रान्ड जुरी सेसनमा सहभागी हुनेछन्। त्यहाँ उनीहरूले आफ्ना उत्पादन तथा नवीनतम अवधारणा प्रस्तुत गर्नेछन्।

उक्त प्रक्रियाबाट प्रत्येक विधाका उत्कृष्ट पाँच छनोट गरिनेछ। त्यसपछि फिल्ड भिजिट र पब्लिक भोटिङमार्फत सर्वोत्कृष्ट छनोट गरिने आयोजकले जनाएको छ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ११औँ संस्करणको आईसीटी अवार्डका लागि १६ विधामा ७०० भन्दा बढी आवेदन प्राप्त भएका छन्। व्यक्तिगत तथा संस्थागत विधा र दक्षिण एसियाली स्तरका अवार्डहरूको छनोट प्रक्रिया पनि जारी रहेको आयोजकले जनाएको छ।

अवार्ड सन् २०१६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०३:११
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना