काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्।
कार्यक्रममा पल्सर एन१६० मार्फत मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ। साथै, पल्सर एन१६० र एनएस२०० को प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था पनि गरिनेछ। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।
काठमाडौं र बुटवलमा सम्पन्न कार्यक्रमपछि पोखरामा आयोजना हुन लागेको पल्सर आरपीएमको उद्देश्य स्थानीय युवा तथा प्रतिभालाई खेल, कला र संगीतमार्फत एउटै मञ्चमा जोड्नु रहेको छ।


