२०८३ कार्तिक १४ गते शुक्रबार

रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २२
balen_rabi

काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिट जितेका छन्। काठमाडौँ १ मा रास्वपाबाट रञ्जु दर्शना र मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी भएका छन्। अन्य ६ क्षेत्रमा रास्वपा जित नजिक पुग्दा अन्य स्थानमा पनि फराकिलो मतान्तर बनाइरहेको छ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये ललितपुर १ बाहेक अन्य सबै स्थानमा रास्वपाको अग्रता छ। तराईँ–मधेश र हाईवे जोडिएका क्षेत्रसहित पहाडी जिल्लाहरूमा पनि रास्वपाप्रति आकर्षण देखिएको छ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाहका कारण रास्वपाप्रति जनआर्षण बढेको देखिन्छ। बालेनले झापा ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४ गुणा बढी मतले लिड गरिरहेका छन्। यहाँ बालेनले ६ हजार ५५१ मत पाउँदा ओलीको मत एक हजार ४२८ मात्रै छ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले १२ हजारभन्दा बढी मतान्तरले लिड गरिरहेका छन्। उनले १७ हजार ४१२ मत पाउँदा कांग्रेसकी मीनाकुमारी खरेल निकै पछि रहेकी छन्। उनले जम्मा ५ हजार ९३ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अस्मिन घिमिरेले पाएको मत ५ हजार ३७ रहेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा एक हजार १३३ मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले दुई हजार ८४७ मत प्राप्त गर्दा थापाको मत एक हजार १३३ मात्रै छ।

जेनजी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टीलाई वैकल्पिक दलका रूपमा हेरिए पनि अध्यक्ष हर्क साम्पाङ नै सुनसरी १ मा पछि परेका छन्। प्रारम्भिक परिणामअनुसार यहाँ रास्वपाकी गोमा तामाङले ४६० मत पाउँदा साम्पाङले १५४ मत मात्रै पाएका छन्।

हालसम्मको मतगणना परिणामअनुसार रास्वपाले नयाँ राजनीतिक चित्र कोरेको स्पष्ट देखिन्छ। रास्वपाले उल्लेखनीय उछाल लिँदै अन्य ठूला दलहरूलाई निकै पछि पारेको छ। अहिलेसम्म  रास्वपाले प्रत्यक्षतर्फ ९३ सिटमा अगाडि छ। यसले रास्वपालाई स्पष्ट रूपमा पहिलो शक्ति बनाएको संकेत गर्छ।

परम्परागत ठूला दलहरू भने दोहोरो अंकका लागि नै संघर्ष गरिरहेको देखिन्छ। कांग्रेसले १० सिटमा अग्रता कायम गरेकोमा एमालेले र नेकपाले ९ क्षेत्रमा अग्रता बनाएको छ। राप्रपा र श्रम संस्कृति एक/एक क्षेत्रमा अग्रता लिएका छन् भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार अगाडि छन्।

यसपटकको मधेशवादी दलहरूको प्रभाव भने निकै कमजोर बनेको देखिन्छ। अहिलेसम्मको परिणाम हेर्दा ती दलहरू यसपालि बढारिने खतरा देखिएको छ। विगतका निर्वाचनमा तराई–मधेश क्षेत्रमा प्रभाव जमाएका ती दलहरू यसपटक उल्लेखनीय परिणाम निकाल्न असफल देखिएका छन्।

जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टी जस्ता मधेश-तराई क्षेत्रमा प्रभूत्व जमाएका दलहरूप्रति अहिलेसम्मको परिणाअनुसार कुनै आकर्षण देखिएको छैन।

प्रकाशित: २०८२ फाल्गुण २२ गते शुक्रबार ०४:३३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना