काठमाडौँ: रुकुम पूर्वमा करिब साढे तीन हजार मत गन्न बाँकी रहँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ। ३ हजार ३६५ मत गन्न बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि रहेका छन्, यससँगै उनको जित पक्का भएको हो।
हालसम्म १५ हजार ८२३ मत गणना भएकोमा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन्। यहाँ कुल १९ हजार १८८ मत खसेको थियो।


