काठमाडौँ: चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन्। लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन्।
उनलाई यसअघिका दुई निर्वाचनमा भन्दा लोकप्रिय मत प्राप्त भएको हो। लामिछानेले २०७९ काे चुनावमा ४९ हजार २६४ र २०८० काे उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएका थिए। जुन सबै भन्दा धेरै मत थियो। त्यो रेकर्ड यसपालि उनले तोडेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गरेका छन्। एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का प्रताप गुरूङको चार हजार ९६९ आएको छ।
२०७९ को निर्वाचनमा पहिलो पटक लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए।







